इनरुवा/ सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ ।
आजको पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको वहाव २ लाख ४३ हजार ५ सय १५ क्यूसेक प्रतिसेकेण्ड पुगेको छ ।
नदीको वहाव बढेसँगै यतिबेला कोशी ब्यारेजका ३२ ढोका खोलिएका छन् ।
सप्तकोशीमा असारको १९ गते यस वर्षको सबै भन्दा बढी वहाव मापन भएको थियो । सो बेला नदीको वहाव २ लाख ३१ हजार ६ सय ५५ क्यूसेक प्रतिसेकेण्ड पुगेको थियो ।
त्यसयता सामान्य उतारचढाव देखिएपनि नदीको वहावले २ लाख क्यूसेक नाघेको थिएन् ।
कोशीमा आज विहानबाट भने वहाव निरन्तर बढ्दो क्रममा देखिएको छ ।
पूर्वी पहाडी भेगमा वर्षा जारी रहेकाले नदीको जलस्तरमा वृद्धि भै रहेको अनुमान गरिएको छ ।
कोशीको वहावमा वृद्धि भएपनि सबै स्पर र तटबन्ध भने सुरक्षित रहेको सुनसरी प्रशासनले जनाएको छ ।