जन– नायक वी.पी. कोईरालाको ३९ औं स्मृती दिवसको अवसरमा बराहक्षेत्र नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसले वडा सम्पर्क कार्यलय उद्घाटन तथा तरुण दलद्धारा वृहत् सरसफाई कार्यक्रम गरिएको छ ।
बुधवार स्मृती दिवसको अवसरमा नेपाली कांग्रेस वडा नं १ कार्य समितिले सम्पर्क कार्यलयको उद्घाटन तथा नेपाल तरुण दल वडा नं १ कार्य समितिले सरसफाई कार्यक्रमको आयोजना गरेको नेपाली कांग्रेस वडा नं १ का सभापति ईश्वर थापाले बताए ।
१४ औं महाधिवेशन र स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर बस स्टेनमा स्थापना गरेको पार्टीको सम्पर्क कार्यलय नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा वडा नं १ वडाध्यक्ष सुरेश श्रेष्ठ , नगर सभापति नारायण प्रसाद नेपालले उद्घाटन गरेका थिए ।
वडा सभापति ईश्वर थापाको सभाध्यक्षमा आयोजना भएको उद्घाटन कार्यक्रममा श्रेष्ठ र नेपालले संयुक्तरूपमा रिवन काटेर कार्यलयको उद्घाटन गरेका थिए ।
नेपाली कांग्रेसका संस्थापक तथा नेपालको पहिलो जन–निर्वाचित प्रधानमन्त्री समेत रहेका स्वर्गीय कोइरालाको जन्म जयन्तीको अवसरमै नेपाल तरुण दल बराहक्षेत्र –१ नम्बर वडा कार्य समितिले वृहत् सरसफाइ कार्यक्रमको आयोजना समेत गरेको छ ।
बस स्टेनबाट सुरु भएको सरसफाइ कार्यक्रम डिल्ली चौकहुदै प्रसिद्ध तिर्थ स्थल औलिया बाबा धाम परिषद्मा पुगेको थियो ।
प्रजातन्त्र स्थापना गर्ने उदेश्य लिएर २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरी २००७ सालमा क्रान्ति सफल पार्ने वी.पीले नेतृत्व गरेको र वि.सं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका बिपिले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका बिपिको सम्झनामा सरसफाइ आयोजना गरेको नेपाली कांग्रेस जिल्ला सदस्य दिपेश बस्नेतले बताए ।
उनले भने प्रधानमन्त्रीत्वकालमा वी.पी.ले विर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराएर जनप्रिय नेताहरुमा आफुलाई स्थापित गराएका थिए ।
भारतमा निर्वाजित भएर प्रजातन्त्र पुनस्र्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका वी.पी.जिवनी र सिद्धान्तलाई आत्मसाथ गर्दै कांग्रेस एक हुनु पर्ने जिल्ला सदस्य बस्नेतले बताए ।
सरसफाइ पछि आयोजना भएको औपचारिक कार्यक्रममा नेपाल तरुण दल सुनसरीका सदस्यद्धय अजित राई र प्रकाश राईले ओैलिया बाबा धामा , ट्याम्पु व्यवसायी संघलाई सरसफाइका साम्रागी समेत प्रदान गरेका थिए ।
कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सदस्य दिपेशजंग बस्नेत , नेपाली कांग्रेस महिला विभाग केन्द्रीय सदस्य ममता तामाङ्ग , नेपाली कांग्रेस क्षेत्रीय सदस्य लक्ष्मी मालाकार , संन्तोष साह, नेपाल तरुण दल जिल्ला सदस्य सन्देश श्रेष्ठ , अजित राई, प्रकाश राई , नेपाल तरुण दल क्षेत्रिय सभापति उदय ठटाल , नेपाल तरुण दल क्षेत्रिय उप– सभापति युवराज श्रेष्ठ , शिक्षक संघ बराहक्षेत्र सभापति कृष्णप्रसाद गुरागाञी, नेपाल तरुण दल बराहक्षेत्र उप– सभापति साजन राई ,पवित्रा राई , बराहक्षेत्र तरुण दल संस्थापक सभापति ज्ञानु लामा , युवा नेता सुरेन राई लगाएका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
