पाँचथर / पाँचथरको हिलिहाङ गाउँपालिका ५ सुभाङमा मध्यपहाडी लोकमार्गमा काम गरिरहेका मजदुरको पहिरोले पुरेर मृत्यु भएको छ । 

बिहिबार दिउसो ३ बजे रसुवा कन्ट्रक्सनको मजदुर रहेका उनको रोडको भित्तामा ग्याबिन भर्ने काम गरिरहेको अवस्थामा १५ मिटर माथीबाट पहिरो खसेर पुरेको थियो ।

मृत्यु हुनेमा तेहथुम आठराई गाउँपालिका ५ छातेढुंगा का २७ बर्षीय टिका मोक्तान रहेका छन् । 

घटनाबारे जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय अमरपुरबाट प्रहरी टोली खटिएर मोक्तानलाई उद्दार गरेर निकाल्दा मृत्यु भईसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।