खोटाङमा शुक्रबार साँझ भूकम्पको धक्का महसुस भएको छ ।
शुक्रबार साँझ ६ बजेर ५७ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार साँझ ६ बजेर ५७ मिनेट जाँदा ४.२ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।
खोटाङको खर्मी केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५७ मिनेटमा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको खर्मी आसपास केन्द्रविन्दू भएर भूकम्प गएको हो ।
केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईका अनुसार सो भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको अनुमान गरिएको छ ।
सो भूकम्पबारे आवश्यक अनुसन्धान भइरहेको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।