धनकुटा(ब्लाष्ट) / कोभिड महामारीको संक्रमण दर तिब्र रुपमा बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले निषेधाज्ञा आगामी श्रावण २० गतेसम्म थप गरेको छ । जिल्लाभर सोमबार मध्य रातिदेखि आगमी २० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको छ ।
निषेधाज्ञाको अवधी आगामी श्रावण २० गतेसम्म थप गरिए पनि वजार क्षेत्रमा सवै खाले पसलहरु भने हरेक दिन विहान ६ वजे देखी साँझ ८ वजेसम्म खुल्ला गर्न पाउने भनिएको छ ।
कोरोना संक्रमण समुदायस्तरमा तीव्र बन्दै गएपछि प्रशासनले गत वैशाख २० गतेदेखि निषेधाज्ञालाई निरन्तरता दिँदै आएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डिसीसीएमसी) को आइतबार बसेको बैठकले निषेधाज्ञा आदेशको निर्णय गरेको हो । यसपटक निषेधाज्ञालाई केही खुकुलो पारिएको छ ।
विगतमा निषेधाज्ञाको समयमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ देखि १० बजे, ८ वजे देखी १ वजेसम्म खुला गरिएको थियो । तर उक्त समय अवधीलाई संशोधन गरेर हरेक दिन बिहान ६ देखि साँझ ८ बजेसम्म कायम गरिएको प्रशासनले जनाएको छ ।
दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्री, फोहर बोक्ने सवारी साधन, एम्बुलेन्स, प्रेसका साधनलाई सञ्चालनमा दिइने जनाइएको छ । बैंक तथा वित्तीय संस्थाहरु २४ सै घण्टा सञ्चालन गरिने निर्णय गरिएको छ ।
जस्ले गर्दा उपभोक्तालाई अतिआवश्याक सामग्रीहरु खरिद गर्न वा आवश्याक परेको स्थानसम्म पुगेर आफ्नो काम सम्पन्न गर्न केही सहज भएको छ । तथापी पनि संक्रमण दर घटाउन भिडभाडलाई भने कम गर्ने तर्फ भने स्थानिय प्रशासनले बैंक तथा वित्तीय संस्था किराना पसल, सव्जी पसल, सपिङ कम्प्लेस आदीमा निगरानी गर्न जरुरी रहेको देखिन्छ ।