मोरङ/ मोरङ बिराटनगर महानगरपालिका १४ जतुवा बस्ने फुलियादेवी महतोको छोरा १८ महिनाको राज कुमार महतो आइतबार दिउसो सवा २ बजे नहरको छेउमा खेल्ने क्रममा नहरमा लडि डुबी मृत्यु भएको छ ।

घटनाको जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।