आज दिउँसो  देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेकाे  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाकाे भनाइ छ । 

प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनस र चट्याङसहित भारी वर्षाको सम्भावना छ। 

यस्तै राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।