मुख्यमन्त्रि भीम आचार्यले आइतबार मन्त्रालयका सचिवहरु र विभागीय प्रमुखहरुलाई बोलाएर जनताको काम चुस्तदुरुस्त गर्न निर्देशन एका छन्।
मन्त्रालयहरुका काम तिव्र रुपमा अगाडी नबढ्दा जनताले दुःख पाइरहेको बताउदैं विकास निर्माणका योजना, अड्किएका ठेक्का सम्झौता तत्काल कार्यन्वयन गर्न निर्देशन दिएका हुन् । उनले कामलाई केन्द्रविन्दुमा राखेर सबै कार्यालय प्रमुखहरुले काम गर्न निर्देशन दिए ।
‘सबै साथीहरुले मेहनेत गरिरहनु भएको छ । तर मेहनेत परिणाममुखी हुन नसकेकाले कामलाई परिणाममुखी बनाउनुहोस् ।’–उनले भने । नियम , ऐनले बाधा भएका योजनाहरु, कार्यक्रमहरु भए तत्काल प्रमुखसचिवसँग समन्वय गरेर समाधान गर्न उनले बताए । उनले दैनिक कार्ययोजना बनाएर परिमाणमुखी काम गर्न सबै कर्मचारीलाई निर्देशन दिए ।
उनले मन्त्रालय, विभाग अन्तर्गतका आफ्ना कार्यालयका कर्मचारीहरुलाई राखेर छिटोछरितो सेवा प्रवाह गर्न निर्देशन जारी गर्न मन्त्रालयका सचिव, विभागीय प्रमुखहरुलाई मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर मुख्यमन्त्रि आचार्यले निर्देशन दिएका हुन्।
छलफलमा प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले सबै मन्त्रालयका सचिवहरुलाई मुख्यमन्त्रिको निर्देशन अनुसार काम कारवाही गर्न आग्रह गरे ।