साेलुखुम्बुमा सवारी दुर्घटनामा परी एकजनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा चालक उदयपुर कटारी का २६ बर्षीय रमेश राउत रहेका  जिल्ला प्रहरी कार्यालय साेलुले जनाएकाे छ । 

बुधबार  सल्लेरीबाट सोताङ तर्फ जादै गरेकाे लु३त ५४५० नम्बरको ट्याक्टर सोलुखुम्बु  थुलुङदुधकोशी गाऊपालिका ८ दिप्लीघाटमा  आफै अनियन्त्रित भई सडक देखि १० मिटर तल खसी दुर्घटना भएको भएकाे थियाे । 

दुर्घटनामा  सहचालक खोटाङ ऐसेलुखर्क ३ का १८ बर्षीय प्रदिप दाहाल  सामान्य घाईते भएकाेमा स्थानिय स्वास्थ्ये केन्द्रमा उपचार भईरहेको कार्यालयले जनाएकाे छ ।

त्यस्तै, मोरङ ग्रामथान गाऊपालिका गिदनिया ५ का ३० बर्षीय सन्तोस बिश्वास करेन्ट लागेर मृत्यु भएको छ । बुधबार दिउसो सँवा १ बजे ग्रामथान ५ लवारे स्थितमा रहेको कुखुरा फार्ममा खाने पानी भर्न मोटर जोड्ने क्रममा करेन्ट लागी बोहोस भएका बिश्वासको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ ।