धरान । इटहरी उपमहानगरपालिका–१७ बडहराकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।
भाँडा माज्ने क्रममा करेन्ट लागेर ५० बर्षीया लताकुमारी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । विहीबार आज दिउँसो आफ्नै आँगनको कलमा भाँडा माझ्ने क्रममा मोटरबाट उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएकी उनको उपचारको लागी बिराट टिचिङ हस्पिटल लाने क्रममा दिउँसो मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।