एमसिसीकी उपाध्यक्ष फतिमा सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जना पक्राउ परेका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटर फर्किने बेला फतिमालाई कोटेश्वरमा नेपाल कम्युनिस्ट पार्टीसहित विभिन्न दल र सङ्गठनमा आवद्धहरूले कालोझण्डा देखाउने प्रयास गरेका थिए ।

एमसिसीको विरोध गर्दै कालोझण्डा देखाउने प्रयास गरिरहेका मध्ये १५ जनालाई प्रहरीले पक्राउ गरेको हो । कालोझण्डा देखाउन खोज्दा पक्राउ परेका १५ जनालाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ ।

यसैबीच पक्राउ परेकाहरुलाई रिहाइको माग गर्दै कोटेश्वरमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले प्रहरी प्रभाग घेराउ गर्दै पक्राउ परेकाहरूलाई तत्काल रिहाइको मागसहित एमसिसीको विरोधमा चर्को नाराबाजी गरिरहेका छन् ।