धरान डेक्स  : एमसीसीको  विरोध गर्दे विहिबार धरानमा चर्को विरोध भएको छ । 

राष्ट्रिय एकता सञ्जाल, सचेत धरान, स्वतन्त्र धरानको आयोजनामा बिहिबार दिउँसो भानुचोकमा विरोध प्रर्दशन गरेको हुन्।  उनीहरुले विरोध प्रर्दशनको क्रममा एमसीसी चाहिदैन, देश बेच्न पाइदैन भन्दै नाराबाजीसमेत गरेका थिए ।

Capture 4

 विरोध सभालाई राष्ट्रिय एकता सञ्जालका अध्यक्ष हर्क साम्पाङसहितका व्यक्तिहरुले सम्बोधन गरेका थिए । 

वक्ताहरुले एमसिसिनेपालको लागि राष्ट्रघाती सम्झौता भएकोले कुनै पनि हालतमा संसदले अनुमोदन गर्न नहुने बताएका थिए । उनीहरुले एमसीसी लागु भएमा नेपालको कानुनभन्दा माथि हुने भन्दै यसले देशको अस्मिता, स्वतन्त्रतामाथि नै प्रश्न उठाएको बताए । 

मेचीदेखि महाकालीसम्म भारतीय सिमा क्षेत्र मिचिदा ध्यान नदिने, महाकालीमा भारतीय एसएसबीले तुइन काटेर ज्यान गुमाएको नेपालीबारे नबोल्ने सरकारले एमसीसी पारित गर्न हतारिएको भन्दै आलोचनासमेत गरेका थिए ।

mcc2

 एमसिसिको विरोधमा देशभर आन्दोलन समेत  भइरहेको छ भने केही राजनितिज्ञहरुले समर्थन पनि जनाएका छन्।