विराटनगरस्थित कोसी अस्पताल परिसरमा एक पुरुषको शव फेला परेको छ । 

विराटनगर ७ स्थित  अस्पताल परिसरमा पहिचान नखुलेको अन्दाजी ३५ / ४० वर्षका जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

गहुँ गोरो वर्णका ५ फि ४ इन्च उचाई भएको खैरो सेतो धर्के सर्ट र कालो जिन्स पाईन्ट लाएको उक्त मृत पुरूषकाे शव अस्पतालको शव गृहमा राखिएकोले पहिचान गर्ने आफन्तजनले जिल्ला प्रहरी कार्यालय मोरङको सम्पर्क नम्बर ९८५२०३८३५५ मा सम्पर्क गर्न   कार्यालायलयले अनुराेध  गरेको छ ।