काठमाडौँ / वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आज साँझ पशुपति आर्यघाटमा हिन्दू र बौद्ध विधिअनुसार अन्तिम संस्कार गरियो । उनको पार्थिव शरीरमा जेठा छोरा किशोरले दागबत्ती दिनुभयो । अन्तिम संस्कार गर्ने क्रममा बौद्ध लामाले बौद्ध संस्कारअनुसार मन्त्रोच्चारण गरेका rawalथिए । राष्ट्रगानका सङ्गीतकार गुरुङप्रति उपप्रधान, तथा रक्षामन्त्री भीमबहादुर रावलले पशुपति आर्यघाटमा राष्ट्रिय झन्डा ओढाएर राष्ट्रिय सम्मान प्रदान गरे । त्यस्तै नेपाली सेना र नेपाल प्रहरीले सलामी अर्पण गरेका थिए । यसअघि स्व गुरुङको पार्थिव शरीरलाई बिहान ११ बजेदखि अपराह्न ३ बजेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो । उहाँको उपचारका क्रममा आज बिहान ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो । गुरुङको अन्तिम बिदाइमा गीत–सङ्गीत क्षेत्रका व्यक्ति र हजारौँ सर्वसाधरण सहभागी भएका थिए ।

 सङ्गीतका धरोहर अस्ताए   नौ लाख तारा उदाए, धर्तीको आकाश हाँसेछ’, विसं २०१८ मा कलकत्तामा रेकर्ड भएको यो गीत त्यसताका दार्जि्लिङतिर निकै प्रसिद्ध थियो । साहित्यकार अगमसिंह गिरीद्वारा रचित यो गीतका सङ्गीतकार सो समयमा सङ्गीत विधामा सङ्घर्ष गरिरहेका युवा अम्बर गुरुङ थिए । यसअघि फाट्टफुट्ट केही गीतमा सङ्गीत भर्ने गुरुङ आफैँले गाएको यो पहिलो गीत थियो । यो गीत दार्जि्लिङमा यति ‘हिट’ भयो कि सबै पेसा र वर्गका मान्छेले गुनगुनाउन थाले । अन्ततः यो गीत अल इन्डिया रेडियोले प्रतिबन्ध लगायो । सो गीत भारतीय एकता विरोधी भन्दै प्रतिबन्ध लगाइएको थियो । मंगलबार विहान सबेरै निधन हुनुभएका वरिष्ठ सङ्गीतकार गुरुङ उही युवा अम्बर गुरुङ हुन । उनको जन्म १९९४ फागुन १४ गते भारतको दार्जि्लिङस्थित लालढिकीमा भएको थियो । ‘नौ लाख तारा उदाए’ गीत गाएपछि तत्कालीन राजा महेन्द्रले उनको प्रतिभाको कदर गर्दै नेपाल झिकाएको भनिन्छ । तर जेहोस उनी २०२४ सालमा नेपाल आएको भने सत्य हो । राजा महेन्द्रकै चाहना बमोजिम गुरुङले २०२६ देखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा सङ्गीत निर्देशकका रुपमा काम गरेका थिए । उनी २०२७ सालमा गोरखा दक्षिणबाहुले विभूषित भए । ‘मेरो देश’, ‘सपना कतिपय’, ‘मनको बाँध’, ‘जीवन रेखा’ आदि नेपाली चलचित्रलाई उहाँले सङ्गीतबद्ध गर्नुभएको थियो । त्यस्तै ‘फर्केर हेर्दा’, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’ जस्ता नाटक र गीति नाटक ‘मालती मङ्गले’ र ‘मुनामदन’ लगायतमा समेत उहाँले सङ्गीत भरेका छन् । सबैगरी उनले करिब एक हजार गीतमा सङ्गीत भरेका छन् । त्यसमध्ये छ–सात सय गीत उनकै स्वर र शव्दमा रहेका छन् । गीत–सङ्गीतका अध्येता प्रकाश सायमी भन्नुहुन्छ – “उहाँ गीतकार, सङ्गीतकार र गायक तीनै विधामा उत्तिकै पोख्त थिए । राष्ट्रगान ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली’ तथा सैनिक गान ‘रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो’का सङ्गीतकार गुरुङ पछिल्लो समयमा ‘राष्ट्रगायक’को उपाधि पाउने चर्चामा थिए ।  गायिका कुन्ती मोक्तान गुरुङलाई नेपाली सङ्गीत क्षेत्रकै सर्वा्धिक उच्च व्यक्ति मान्छिन । मोक्तानलाई यस्ता उच्च व्यक्तित्वसँग धेरै पटक भेट्ने मौका पाएपनि सँगै काम गर्न नपाएकोमा भने अलि थक्थक् लागेको छ । “उनीसँगका खुसीका क्षण धेरै छन् ‘त्यतिबेला ‘राष्ट्रगान’मा उनीसँग काम गर्ने मौका पाइनँ, अहिले उहाँ वित्नुभएपछि भने ठूलो कुरा गुमाएजस्तै लागिरहेको छ ।”amar_ गुरुङले संगीत गरेका नारायणगोपालले गाएका ‘पोखिएर घामको झुल्का भरि संघारमा’, तारादेवीले गाएका ‘हराए झैँ केही लाग्छ’, अरुणा लामाले गाएको ‘सबैले भन्थे’, ‘पोहोर साल खुसी फाट्दा’, आफ्नै आवाजको ‘किन किन तिम्रो तस्बिर (पुरानो)’, अरुणा लामा र रुक्मिणी गुरुङले गाएको ‘ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न’ जस्ता कालजयी र अमर गीत छन् । गुरुङका दौँतरी उमेरका साहित्यकार बैरागी काइँला भन्नुहुन्छ – “उहाँले राम्रा गीत लेखेर, गाएर र सङ्गीत भरेर नेपाली सङ्गीत क्षेत्रलाई नै विश्वस्तरको प्रतिस्पर्धामा लान सफल थिए । गुरुङले आफैँले सङ्गीत गरेर गाएका गीतमा ‘जसै साँझ प¥यो’, ‘ए फूल वसन्त’, ‘मेरो जीवनलाई’, ‘क्षितिज आकासले’, ‘दिल त म’, ‘कहीँ आफ्नो भूमरीमा आफैँ प¥यौ कि’, ‘म अम्बर हुँ तिमी धर्ती’, ‘उकाली चढ्दा’, ‘सोधुँ सोधुँ लाग्छ’, ‘कैले लहर’ आदि लोकप्रिय छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले केही हप्ताअघि मात्र गुरुङलाई गरिएको एउटा सम्मान कार्यक्रममा भन्नुभएको थियो – “अम्बर गुरुङ नेपाली सङ्गीतको सगरमाथा मानिन्छन् ।