तरहरा/ पूर्वका ड्राइभिङ सेन्टरहरुले खुलेआमरुपमा ड्राइभिङ नै नसिकी सटिर्फिकेट बेच्ने गरेको खुलासा भएको छ ।  कोशी अञ्चल यातायात कार्यालयले कार, जीप, भेन सवारीको लाइसेन्स लिन फारम भर्दा अनिवार्य सिकेको सर्टिफिकेट मागेसँगै ड्राइभिङ सेन्टरहरुले अवैध धन्दा मच्चाइरहेको खुलासा भएको छ ।

sikaru ड्राइभिङ सेन्टरहरुले सेन्टरमा सिक्दै नसिक्नेहरुलाई पनि एक हजार रुपैयाँमा सर्टिफिकेट बिक्री गरिरहेका छन् । प्रायः सबै ड्राइभिङ सेन्टरले हजार रुपैयाँ लिएर प्रमाणित गदै पठाउने गरेको सर्टिफिकेट किन्ने एक व्यक्तिले नाम नखुलाउने शर्तमा बताए । उनले भने, ‘मैले मात्र हैन अधिकांशले सिक्दै नसिकेकालाई सटिर्फिकेट बिक्री गरिरहेका छन् । हामीले धेरै भएन भन्दा सेन्टरका सञ्चालकहरुले यो भन्दा कम मूल्यमा बेच्न नपाउने सङ्घकै निर्णय छ भनेपछि मैले एक हजार रुपैयाँ किनेको हो । धेरैवटा ड्राइभिङ सेन्टरमा आपूm डुलेको तर उनीहरुको मूल्यमा एकरुपता पाएको विश्वकर्मा थरका उनको भनाइ थियो । कुनै खुद्रा पसल थापेर बसेजस्तै गरी ड्राइभिङ सेन्टरहरुले सर्टिफिकेट बिक्री गरिरहेको अधिकांश सर्वसाधारणले बताएका छन् । मङ्गलबार धनकुटाबाट लाइसेन्सको फारम भर्न आँपगाछीमा रहेको कोशी अञ्चल यातायात कार्यालय लाइसेन्स वितरण केन्द्र आइपुगेका एक घिमिरे थरका व्यक्तिले नाम नखुलाउने शर्तमा प्रमाणपत्रमा फोटो र नाम लेखिदिए वापत् एक हजार रुपैयाँ बुझाउन बाध्य भएको सुनाए । फारममा जसरी पनि सर्टिफिकेट दिनैपर्छ, त्यस कारण किन्न बाध्य भएको उनले थपे । आप्mनो नाम र ड्राइभिङ स्कुलको नाम खुलाए फेल हुनसक्ने भन्दै उनले नाम खुलाउन चाहेनन् । विश्वकर्मा र घिमिरे उदाहरण मात्र हुन् । ड्राइभिङ सङ्घले नै निर्णय गरेर महङ्गो मूल्यमा प्रमाणपत्र बिक्री गर्ने गरेकोप्रति प्रशासन बेखबरभैंm बन्दैआएको छ । ड्राइभिङ स्कुल सङ्घ नेपाल अञ्चल समिति कोशी अध्यक्ष यादव पौडेलले घरमै सिकेर आएको भन्नेहरुलाई सामान्य ट्रायल दिएर सर्टिफिकेट वितरण गरिरहेको स्वीकार गरे । पौडेलले भने बाहिरैबाट सिकेर आएको भन्नेहरुलाई एक हजार रुपैयाँ लिएर ओरिएन्टेसन क्लास लिएर सर्टिफिकेट दिइरहेको उनको भनाइ थियो । ‘सबै ड्राईभिङ स्कुलले १ हजार रुपैयाँ लिने निर्णय भएकै हो’, पौडेलले भने । पौडेलका अनुसार इटहरीमा १२ वटा, धरानमा १२, इनरुवामा १ र झुम्कामा १ वटा ड्राईभिङ सेन्टर छन् । कोशी अञ्चलमा जम्मा ३ दर्जन ड्राईभिङ स्कुल रहेको सङ्घले जनाएको छ ।सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागार्इंले यसरी ड्राईभिङ सेन्टरमा सिक्दै नसिकेकोलाई सर्टिफिकेट दिएको भए कडा कारवाही हुने बताए । यसरी सर्टिफिकेट दिनु अवैध भएको भन्दै त्यस्तो गतिविधि भएको भए उनीहरुलाई कानुनी दायरामा ल्याउने उनको भनाई थियो ।