भोजपुर/भोजपुरको तिवारी भञ्ज्याङ स्थित इलाका प्रहरी कार्यालय भित्र गोली चलेकोे छ । जिल्लाको पुर्वी तिवारीभञ्याङ गाविसस्थित इलाका प्रहरी कार्यालयमा गोली चलेको हो ।गोली लागेर कुनैपनि मानबिय क्षति भएको छैन । प्रहरी जवान दिपेश रिजाल र गोदाराम यादब बिच बिबाद हुदा रिजालले गोली चलाएको प्रतक्षदर्शीले बताएका छन् ।शुक्रबार सँझ छ बजेर १० मिनेट जाँदा गोली चलेको गाउलेले बताएका छन् । इलाका प्रहरी कार्यालय बाहिर बिबाद गरिरहेका उनीहरुलाई अन्य प्रहरीले कार्यालय भित्र पु¥याएका थिए । कार्यालय भित्र बिबाद चर्किएपछि प्रहरी जवान दीपेश रिजालले गोली चलाएको प्रतक्ष्यदर्शि कुमारी तिवारीले बतएकी छिन् । प्रहरी जवान दीपेश रिजालले गोली चलाउँदा इलाका प्रहरी कार्यालयका इन्चार्ज सई रामबहादुर कार्की भने स्थानिय होटलमा रक्सि खाईरहेको अबस्थामा भेटिएका थिए । स्थानीयवासीका अनुसार यसभन्दा अगाडी पनि इलाका प्रहरी कार्यालयमा प्रहरीवीच आपसी विवाद हुदै आएको थियो । स्रोतको अनुसार इलाका प्रहरी कार्यालयका इन्चार्ज सई रामबहादुर कार्कीले तल्लो दर्जाका प्रहरीलाई अनावश्यक दुःख दिदै आएको कारण अन्य प्रहरीहरु पनि कार्काीसंग रुष्ट हुदै आएका थिए ।nirnaya श्रोतका अनुसार गोली चलाएका प्रहरी जवान दिपेश रिजाललाई अन्य प्रहरीहरुले हेप्ने गरेका थिए । ‘भान्सेले सम्म हेपेर बोलाउने गरेको थियो’ एक स्थानियले भने ‘कार्यालय प्रमुखले पनि वास्ता नगरेपछि यो घटना घट्यो’ ।जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी राजकुमार लम्सालले पनि गोली चलेको स्वीकार गरेका छन । ‘ड्युटी बुझाउदा असाबधानीका कारण पड्कीएको हुन सक्छ ’ डिएसपी लम्सालले संगठनको बचाउ गर्दै भने ‘थप छानबिन हुदैछ ।’ गोली चलेपछि स्थानीयवासीले प्रशासनसंग छानवीनको माग गरेका स्थानीय सानु तिवारीले बताए । गोली चल्दा कुनै मानवीय क्षति नभएको प्रत्यक्षदर्शीले बताए । यसैबिच स्थानियबासीहरुले शुक्रबारनै घटनाको छानबिन गर्न माग गरेका छन् । स्थानियहरुले निर्णयनै गरेर घटनाको छानबिन गर्न माग गरेका छन् ।(हेर्नुस गाउलेको निर्णय)स्थानियले भनेका छन् ‘इलाका प्रहरी कार्यालयका प्रमुख रामबहादुर कार्किले शान्ति सुरक्षा दिनुको साटो उल्टै गाउलेहरुलाई आतङकित गर्ने ब्यबाहार गर्दै आएका छन् ।