[caption id="attachment_3856" align="alignleft" width="460"]aandolal मृतककाका आफन्तहरु पत्रकार सम्मेलन गर्दै । तस्विर- ब्लाष्ट /उपेन्द्र चाम्लिङ[/caption]

धरान/चिकित्सकीय धर्म अनुससार डाक्टर बाहेकअरुले बिरामीको स्वास्थ्य जाँच गर्नु अपराध मानिन्छ । तर सुनसरीको चतरा स्थित स्वास्थ्य चौकीका कर्मचारीले चिकित्सकीय धर्म र प्रचलित कानुनलाई धज्जी उडाएका छन् । स्वास्थ्य चौकीका कर्मचारीले एक सुत्केरी महिलाको पाठेघर नै निकाली दिएका छन् ।

पाठेघर निकालेपछि सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि पिडितपक्ष आन्दोलीत भएका छन् ।पिडितपक्षले स्वास्थ्य चौकीका कर्मचारीले लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकलाई राहत प्रदान गर्न संर्घष समिति समेत गठन गरेका छन् । धनकुटा आहाले –४ की दिलकुमारी राईको सालनाल नझरेपछि उपचारका लागि चतरा स्थित प्राथमिक स्वास्थ्य केन्दमा ल्याईएको थियो । तर अनमीहरुले आफै हात हालेर पाठेघर निकालेका थिए । पाठेघर निकालेपछि बिरामीलाई धरान स्थित बिपी काइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको थियो । तर प्रतिष्ठान ल्याउदै गर्दा बिरामीको बाटैमा मृत्यु भएको थियो । उक्त प्राथमिक स्वास्थ्य केन्द्रका करार अनमी सरोजकुमारी मेहता र कास दिपक गिरीले कुनै शारीरिक चाँज र कागजी प्रक्रिया नै नगरी गाडीमै सालनाल झिक्ने क्रममा पाठेघर नै तानेपछि बिरामीलाई उपचारको लागि बीपी प्रतिष्ठान ल्याउने क्रममा मृत्यु भएको मृतकका श्रीमान सुकबहादुर राईले शनिबारको पत्रकार सम्मेलनमा बताए । मृतक राई प्रकरण संर्घष समिति गठन गर्दै आन्दोलन सुरु गरेका छन् । उनीहरुले पीडितलाई क्षतिपूर्ति र जन्मिएकी बच्चीको जीवनरक्षासँगै पौष्टिक तत्व खानको लागि रकमसमेत दिनु पर्ने माग रहेको हरि राईले बताए । संर्घष समितिको संयोजकमा नेपालधन राई छन् । हरि राईले स्थानीय चतराको प्रहरी कार्यालयमा उजुरीसमेत दिँदाखेरी उजुरीसमेत लिन नमानेको बताए । क्षतिपूर्तिको लागि शुक्रबारसमेत स्वास्थ्यचौकीमा छलफल बसेपनि निश्कर्ष निस्किएन् ।