धरान/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले एनसेलका टावरलाई लक्षित गर्दै आक्रमण गर्न थालेपछि प्रहरीले ‘एनसेल टावर’ मा सुरक्षा सतर्कता बढाएको छ ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतले समेत एनसेल टावरमा क्षति पुयाउनेहरुलाई कानूनी दायरामा ल्याउने बताउँदै यस विषयमा सुरक्षा निकाय संवेदनशील रहेको आइतबार उल्लेख गरे । उनको आशय प्रहरी सुरक्षा सतर्कता बढाएको भन्ने थियो । अहिले प्रहरीमातहतका सबै निकायमा उच्च सतर्कता बढाउन निर्देशन भइसकेको छ ।
यसका लागि प्रहरीले स्थानीयलाई समेत ‘अलर्ट’ गरिरहेका छन् । हरेक क्षेत्रका प्रहरी कार्यालयले आपूमातहतका निकायलाई सुरक्षा सतर्कता बढाउन निर्देशन दिइरहेका छन् । आप्mनो क्षेत्रमा के–कति टावरहरु छन् र कहाँ–कहाँ छन् भन्नेबारेमा समेत जानकारी दिन मातहतका कार्यालयले प्रहरी बिटहरुलाई निर्देशन दिइरहेका छन् । यो संवाददाता एक प्रहरी कार्यालयमा पुग्दा प्रहरी अधिकृत मातहतका निकायहरुलाई निर्देशन दिइरहेका थिए । उनले गाउँलेहरुलाई समेत यताउता नगर्न भनी चेतावनी दिन निर्देशन गरिरहेका थिए । विप्लव माओवादीले अहिले देशव्यापी रुपमा एनसेल टावरहरुमाथि लक्षित गर्दै आक्रमण गरेपछि प्रहरीले टावरहरुमा सुरक्षा घेरा बनाएको हो । उनीहरुले शनिबार मात्रै सल्यान, दाङ, कास्की, झापा, म्याग्दी, धनकुटा, मोरङ, बाग्लुङ र गोरखा जिल्लामा रहेका १० वटा बेस स्टेसनमा एनसेल टावरमाथि आक्रमण गरी क्षति पु¥याएका थिए । प्रहरी स्रोतका अनुसार देशभर जहाँ–जहाँ एनसेल टावरहरु छन्, त्यस क्षेत्रका सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन जारी भएको छ । यसबारे प्रहरी प्रधान कार्यालयबाट शनिबार नै निर्देशन भएको हो । ‘सुरक्षा निकायहरुलाई आपूmमातहतका क्षेत्रहरुमा उच्च सतर्कता अपनाउनको लागि शनिबारै निर्देशन भएको छ ।’ स्रोत भन्छ । हाल एनसेल टावरहरु प्रहरीको सुरक्षा घेराभित्र रहेको पूर्व क्षेत्रका डीआईजी केशरीराज घिमिरेले बताए । ‘जति टावरहरु छन्, ती टावरहरु प्रहरीको सुरक्षा घेरामा छन् ।’ डीआईजी घिमिरेले फोनमा भने । पूर्वमा साढे ६ सयभन्दा बढी एनसेल टावरहरु रहेको डीआईजी घिमिरेले बताए । अहिले घरमा वा बाहिर रहेका एनसेल टावरहरुमा प्रहरीले उच्च पहरा दिएको छ । एनसेलले समेत आक्रमणको घोर भत्र्सना गर्दै दुःख व्यक्त गरेको छ । एनसेलले टावर आक्रमणका कारण अढाइ लाख ग्राहकहरु सञ्चारविहीन भएकोसमेत बताएको छ ।