विजयपुर/भारतको विहारमा हुने नगर पञ्चायत चुनावका कारण पुर्वी नेपालमा भारतीय राजनितिक दलका नेता तथा कार्यकर्ताको चहलपहल र गतिविधि बाक्लिएको छ । विहारका नेताहरु पुर्वी नेपालमा बसेर चुनावी गतिविधि गरिरहेका छन ्। गोप्य र सुरक्षित स्थानको खोजीमा उनीहरुले पुर्वी नेपालका पर्यटकीय सहरहरुलाई आफ्नो सेल्टर वनाएर चुनावी गतिविधि गर्दै आएका छन् । विराटनगर , धरान , ईटहरी , भेडेटार र धनकुटाका होटलहरुमा अहिले त्यहाँको चुनावी डिल र गतिविधिले भारतीयको आउजाउ बढेको छ । पर्यटक बनेर घुम्नकालागि आएका उनिहरुले चुनावी डिल गर्न पुर्वी नेपालका सहरहरुलाई सेल्टर वनाएको तथ्य फेला परेको छ । सुनसरी , मोरङ , झापा , सप्तरी र सिराहा लगायतका ठाँउमा मधेसी राजनितिमा सक्रियहरु समेतको साथमा बसेर उनिहरुले चुनावी गतिविधि गरीरहेको स्रोत बताउछ ।11 करीब २ साता अघिबाट उनिहरुले धरान सहित आसपासका क्षेत्रमा रहेका होटेललाई आश्रय स्थल बनाएर गतिविधि गरिरहेका छन् । भारतीय नम्मर प्लेटका गाडिमा आएका उनिहरु दिनभर सिमाक्षेत्रमा जाने र वेलुका होटेलमा फर्कीने गरेका छन् । चुनावलाई लक्षित गरेर भारतको निर्वाचन आचारसंहिताले बर्जित गरेका प्रचार सामाग्री छाप्न समेत उनिहरुले नेपालमा रहेका साना छापाखानाहरु प्रयोग गरीरहेको स्रोत बताउछ । उनीहरुले बिराटनगरका केहि प्रेशहरुलाई अग्रिम भुक्तानी दिएर नै पर्चाहरु छपाई गरिरहेका छन् । मधेसी राजनितिमा सक्रिय स्थानिय नेपाली नेताहरुसँग फेरी मधेस आन्दोलन उठाउने विषयमा समेत संवाद हुने गरेको धरानको एक होटेलका संचालकले जानकारी गराएका छन् । भारतको चुनावमा मतदान गर्ने र त्यहाँको चुनावमा प्रभाव पार्न सक्ने तराईमा वसोवास गर्दै आएकाहरुसँग उनिहरुले नियमित भेट्ने गरेको उल्लेख गर्दै होटेल स्रोत भन्छ ‘ हरेक दिन उनिहरुसँग नयाँ नयाँ मान्छे आउछन् । उनीहरुसँग संचारकर्मी समेत सोमवार धरान सहित आसपासको क्षेत्रमा देखिएका थिए । एउटा देशवाट अर्को देशमा गएर समाचार संकलन गर्न स्थानिय सरकार (प्रसाशनलाई) लाई जानकारी गराउनु पर्ने हुन्छ तर इलाका प्रसाशन कार्यालय धरान र जिल्ला प्रशासन कार्यालयलाई यो बिषयमा कुनै जानकारी नै छैन ।सो विषयमा जानकारी माग्दा सुनसरीका प्रमुख जिल्ल्ला अधिकारी मोहन चापागाईले अहिले सम्म यस्तो बिषयमा कसैले अनुमती नलिएको बताए । पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष बेदराज पौडेललेपनि आफुलाई त्यसरी नेपालमा आएर समाचार संकलन र रिपोर्टीङ गरीरहेको विषय थाहा नभएको वताउँदछन् । नेपालमा आश्रय लिएर वसेका उनिहरु विहारका पुर्ब मुख्यमन्त्रि नितिस कुमार को दल जनता दल (युनाइटेड).सम्वद्द स्थानिय नेताहरु भएको स्रोतको भनाई छ । विहार राज्य सरकारको नेतृत्व गर्ने दलकै स्थानिय नेताहरुले सेल्टर वनाएर चुनावी डिल गरीरहेकाले उनिहरुसँगै भारतीय सुरक्षाकर्मी समेत साथमा आएको वताईएको छ । सुरक्षाकर्मीले पनि एक देशवाट अर्को देशमा जाँदा सुरक्षा निकायलाई जानकारी गराउने प्रचलन हुन्छ तर अहिले चुनावी डिलका लागि आएका नेताहरुको सुरक्षाका लागि आएका भारतीय सुरक्षाकर्मीका विषयमा कुनै जानकारी नआएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले जानकारी दिए । भारतीय नागरिकहरु घुमघामका लागि आउने गरेको जानकारी छ उनले भने ‘यसरी सेल्टर नै बनाएर बसेको चै जानकारी छैन । नेपाली गुप्तचर नै बेखबर विजयपुर/देशको शान्ति सुरक्षा र आन्तरिक सुरक्षालाई राम्रो बनाउन राज्य कोषको अरबौ रुपैया खर्च गरेर परिचलन गरेका नेपालको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धानलाई भने यो बिषयमा कुनै जानकारी नै छैन । राष्ट्रिय अनुसन्धानको क्षेत्रिय कार्यालय धरानमै भएपनि धरान आसपासमा हुने गरेका गतिबिधीका बारेमा गुप्तचरहरु बेखबर हुने गरेका छन् । श्रोत भन्छ गुप्तचरहरुले स्थानिय पत्रिका र प्रहरीहरुबाट सुचना लिएर रिपोर्ट गर्ने गरेका छन् । भारतमा हुने चुनाबको डिल नेपालमै हुदा र सिमा क्षेत्रमा राजनितीक गतिबिधी गरीरहदा पनि गुप्तचरहरु बेखबर छन् । सुनसरीका एक प्रहरी अधिकृतले भने ‘भोली तपाईले समाचार लेखेपछि त्यहि समाचारलाई कपिमा टिपेर हाकिमलाई बुझाउछन,त्यसको जानकारी हामीलाई आउछ ।’गुप्तचरहरुले संकलन गरेको सुचना ‘संबेदनशील’ भए सम्बन्धित जिल्लाको सिडियोलाई जानकारी गराउनु पर्ने हुन्छ । सोही जानकारीका आधारमा सिडियोले प्रहरीलाई परिचालन गर्न सक्छन् । स्मरण रहोस सिडियो जिल्ला सुरक्षा समितीका प्रमुख समेत हुन् ।