धरान/प्रधानमन्त्रि केपी शर्मा ओलीले १९ महिना भित्र तिनवटा निर्बाचन गर्ने प्रस्ताब गरेका छन् । उनले २०७२ साल मङसीर  भित्र स्थानिय निकायको निर्बाचन गर्ने बताएका छन् । स्थानिय निकायको निर्बाचन पछि प्रान्तिय निर्बाचन र प्रान्तिय निर्बाचन पछि संघिय सदस्यको निर्बाचन गर्ने तयारी भईरहेको बताएका छन् । elaction ‘अब देश संबिधान कार्यान्वयनको प्रकृयामा गईसकेको छ लोक सेवा आयोगको बार्षिक उत्सवर्लाइ सम्बोधन गर्दै प्रधानमन्त्रि ओलीले भने ‘अब आन्दोलन र बिरोध हैन,आफ्नो देश,प्रन्त र क्षेत्रको बिकाशका लागि पहल थाल्नु पर्छ । उनले संघिय गठबन्धनको आन्दोलनप्रति लक्षित गर्दै भने ‘असहमती भएका बुदामा छलफल गरौ भनिरहेकै छौ,आउनु होस निकास खोजेर बिकाशको मार्गमा अगाडि बढौं ।  प्रधानमन्त्री ओलीले स्थानीय, प्रदेशिक र संघीय सदस्यको चुनावको मिति समते प्रस्ताव गरेका छन् । उनले मंसिरभित्र स्थानीय चुनाव हुने ठोकुवा नै गरे  ।सरकारले नीति तथा कार्यक्रममा मंसिरभित्र अन्तरिम स्थानीय चुनाव गर्ने बताएको थियो ।  तर, सत्तारुढ माओवादी, प्रमुख विपक्षी कांग्रेस लगायतले यसको विरोध गरेका थिए । उनीहरुले अन्तरिम स्थानीय चुनाव भन्दा संविधान अनुसार नै स्थानीय तह गठन गरेर चुनाव गर्नु पर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले अब नयाँ संविधान अनुसार स्थानीय तहको चुनाव गर्ने बताएका छन्  । उनको संकेत अन्तरिम नभई संविधानमा भएको नयाँ व्यवस्था अनुसार नै स्थानीय तहको चुनाव गर्ने थियो ।प्रधानमन्त्री ओलीले वैशाखभित्र प्रादेशिक चुनाव गर्ने र मंसिरभित्र संघीय संसदको चुनाव गर्ने बताए । श्रोतका अनुसार निर्बाचन गर्ने बिषयमा एमाओबादी र एमाले बिच सहमती भईसकेको छ । सहमतीय सरकार बन्ने स्थीती आयो भने प्रचण्डलाई ओलीले नेतृत्व हस्तान्तरण गर्ने समेत आन्तरिक सहमती भएको एमाले श्रोत बताउछ ।