विजयपुर/ब्लाष्ट टाईम्स राष्ट्रिय दैनिकको जनरल म्यानेजरमा सुनिल अधिकारी पदोन्नती भएका छन् ।बिगत ११ बर्षदेखि ब्लाष्ट टाईम्स दैनिकको इटहरी शाखा प्रमुखको जिम्मेवारी सम्हालेका अधिकारी बुधबारबाट जनरल म्यानेजरमा पदोन्नती भएका हुन् । त्यसैगरि ब्लाष्ट टाईम्स दैनिकको प्रमुख सम्बाददाता चन्द्रमणि कट्टेल नियुक्त भएका छन् ।

२०६० सालमा ब्लाष्ट टाइम्स दैनिकको बिराटनगर संबाददाताको रुपमा सेवा प्रारम्भ गरेका उनले २०६७ साल सम्म ब्लाष्टमा आबद्ध थिए । कट्टेल र अधिकारीलाई बुधबार ब्लाष्ट टाईम्स दैनिकको मुख्य कार्यालयमा कार्यक्रमनै गरेर औपचारीक रुपमा स्वागत गर्दै जिम्मेवारी दिईएको थियो । ब्लाष्ट टाईम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक राजकुमार कार्कि,प्रबन्ध निर्देशक तथा सम्पादक किशोर कुमार कार्की,कार्यकारी सम्पादक राजेश बिद्रोही लगायतले अधिकारी र कट्टेललाई खदा ओडाएर स्वागत गरेका थिए । सोही अवसरमा बोल्दैै जनरल म्यानेजर सुनील अधिकारीले ब्लाष्टको गरिमालाई उच्च राख्दै कुशलता पुर्बक आफ्नो जिम्मेवारी निर्बाह गर्ने प्रतिबद्धता जनाएका थिए । उनले ब्लाष्टलाई थप परिस्कृत गर्न आफ्नो ठाउबाट कार्यगर्ने प्रतिबद्धता जनाए । प्रमुख संबाददाता कट्टेलले जनपक्षिय पत्रकारीता गर्न आफु सधैब लागि पर्ने बताए । आफ्नो जिम्मेवारी इमान्दारीता र निष्ठा पुर्बक पुरा गर्न सबैको साथ र सहयोग लिएर अघि बढ्ने उनले बताए । तस्विर उपलब्ध छ ।
तस्विर उपलब्ध