धरान /सडक बालकलाई खाना खुवाउने निहुँमा अप्राकृतीक यौन शोषण गर्नेे साउदी अरबका एक नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पर्यटकिय भिषामा नेपाल घुम्न आएका साउदी अरेबियाका ६३ वर्षीय साहिद मोहम्मदलाई नेपाल प्रहरीले पक्राउ गरेको हो । sosan उनले एक १४ वर्षीय सडक बालकलाई आफू बसेको होटेलमा लगी अप्राकृतिक यौन गतिविधि गरेको प्रहरीले पुष्टि गरेको छ । उनलाई बालयौन दुराचार मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी रवीन्द्र रेग्मीले जानकारी दिए । खाना खुवाउने बहानामा मोहम्मदले जेठ २० गते एक सडक बालकलाई खाना खुवाउने बहानामा आफू बसेको होटेलमा लगेका थिए । उनले सडकबालकलाई ओरलसेक्स जस्ता कार्य गर्न लगाएको पीडित बालकले प्रहरीलाई बयान दिएका छन् । अभियुक्त मोहम्मद अवकाशप्राप्त सैनिक अधिकारी हुन् । यो घटनाले सडक बालबालिकामाथी यौन शोषणहुने गरेको तथ्य खुलेको छ । प्रहरीले यस तर्फ अनुसन्धान अगाडि बढाएको डिएसपी रेग्मीले बताए ।