मृतकको शव सरकारले ल्याउने
धरान / अफगानिस्थानको कावुलमा मारीएका १२ नेपालीको शव लिन सरकारले नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।
सोमबार आत्मघाति बम आक्रमणमा मारिएका १२ नेपालीको शव लिन नेपाल वायु सेवाको जहाज पठाउने भएको हो ।प्रधानमन्त्री केपी ओलीले आत्मघाती आक्रमणमा मृत्यु भएका नेपालीको शव लिन निमगको जहाज पठाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिएका छन् ।
घटनाको विषयमा वुझ्न र नेपालीको उद्दारमा सहयोग गर्न परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित नेपाली दूतावासका कार्यवहाक राजदूतलाई सोमबार नै अफगानिस्तान पठाएको छ।
काबुलमा भएको आत्मघाती आक्रमणमा १२ नेपालीसहित १४ जनाको मृत्यु भएको थियो।