वर्षाले पुर्वको जनजिवन प्रभावित
धरान / अविरल वर्षासँगै आएको वाढि र पहिरोले पुर्वको जनजिवन प्रभावित वनेको छ । मोरङको मधुमल्लामा बर्षासँगै आएको बाढी वस्तीमा पसेपछि दुईसय घर डुबानमा परेका छन ।
मंगलबार बिहान ३ बजे वडा नम्बर ४ को खोंबेझोडाबाट दक्षिणतर्फको धप्पर टोल, मधुमल्ला ५ माथिल्लो कसेनीबाट पूर्व र मधुमल्ला ५ बेतेनीबाट पश्चिमतर्फबाट गाउँ मा वक्रा नदि पसेको हो । डुबानका कारण स्थानयीवासी सुरक्षित स्थानको खोजीमा घरबार छाडेर सुरक्षित स्थान तर्फ निस्किएका छन ।
बाढी प्रभावित क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षित स्थानमा सारिरहेको छ । दिनभर गरी दर्जनौ घर परिवारलाई अन्यत्र सारिएको इलाका प्रहरी कार्यालय मधुमल््लाका प्रहरी नायव निरीक्षक यदुकुमार खड्काले जानकारी दिएका छन् । जिल्ला दैवीप्रकोप उद्दार समिति मोरङले पनि मधुमल्लामा उद्दार र राहतको काम थिल्न निर्देशन दिएको छ ।
उता सुनसरीको इटहरीका सयौं घर डुबानमा परेका छन । इटहरीको उत्तरी भेगका घरहरु डुबानमा परेका छन । नेपाली सेनाको क्याम्प छेऊ र दक्षिणपट्टीका धेरै घरमा पानी पसेको छ भने ईटहरीका सडक र वस्तीहरु जलमग्न भएका छन् । सुनसरी खोला र मरिया खोलामा आएको बाढीले सुनसरीको बबिया, जल्लापुर, भुटाहा, नरसिङ, वसन्तपुर, गौतमपुर, भोक्राहा, लौकही, मधुवन लगायतका क्षेत्र बढी प्रभावित भएको वताईएको छ ।
उता पहिरो खसेपछि कोशी राजमार्ग अवरुद्ध भएको छ । धनकुटाको महाभारा - ३ गरजुवामा विहान ३ वजे पहिरो खसेको हो । धनकुटा,तेह्रथुम,संखुवासभा लगायतका पहाडी जिल्लाहरुलाई तराइसँग जोड्ने एक मात्र मार्ग अबरुद्ध हुंदा यात्रु विचवाटो मै अलपत्र परेका छन् । ईलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख तिर्थ कार्कीले अवरुद्द यातायात सुचारु गर्न कोसीस भईरहेको जनाएका छन् ।अर्को मुख्य शहर विराटनगरको पनि जनजिवन प्रभावित वनेको छ । सडक र वस्ति क्षेत्र जलमग्न भएको छ ।