धरान / ग्याँस उध्योगमाथि सरकारले कारवाहि अघि वढाएपछि उध्योगिले कारवाहि लाई रोक्न ग्यास आयात नगर्ने निर्णय गरेका छन् । काठमाण्डौका छुट्टा-छुट्टै घटनामा ग्यास सिलिन्डर पड्केर ४ जनाको मृत्यु भएपछि सरकारले छानविन समिति नै वनाएर ग्याँस उध्योगमाथि कारवाहि अघि वढाएको थियो ।अत्यावसक वस्तु तथा सेवाको क्षेत्रमा अवरोध गर्न नपाईने कानुनि व्यवस्था विपरीत शिव घिमिरे नेतृत्वमा ग्याँस उध्योगिको सिन्डिकेटले ग्यास आयात रोक्ने निर्णय गरेको हो । निजि क्षेत्रको पुर्ण नियन्त्रण र एकाधिकार रहेको एलपी ग्यासको कारोवार गर्ने व्यवसायीले आफु अनुकुल नहुदाँ पटक पटक ग्यास आयात र विक्री वितरणमा अवरोध गरेर सरकारलाई घुँडा टेकाउँदै आएका छन् । उद्योगीले नेपाल आयल निगमसँग ग्यास ल्याउने अनुमति (प्रोडक्ट डेलिभरी अर्डर–पिडिओ) रोकेका छन्।उता मंगलबारबाट पिडिओ लिन रोके पनि नआत्तिन नेपाल आयल निगमले आग्रह गरेको छ ।
पिडिओ रोक्दैनमा तत्काल बजारमा ग्यास अभाब नहुने निगमको दाबी छ। उद्योगीले गत महिना भन्दा छ हजार मेट्रिक टन बढी ग्यासको पिडिओ लिइसकेको निगमले वताएको छ। जुन महिना ३४ हजार पिडिओको कोटा निर्धारण गरेकोमा उद्योगीले ३२ हजार मेट्रिक टन ग्यास लोड ३३ हजार उठाइसकेको निगमले उल्लेख गरेको छ।
व्यवसायीले यो महिनाको लागि आवश्यक ग्यास उठाइसकेकोले हतास र नआत्तिन निगमले उपभोक्तालाई आग्रह गरेको छ । विगतका महिनामा २७/२८ हजार मेट्रिक टन ग्यास ल्याउने गरेकोमा जुनमा विगत भन्दा करिब छ हजार मेट्रिक टन ग्यासको पिडिओ लिइसकेको निगमले जनाएको छ। पिडिओ लिइसकेको ग्यास भने उद्योगीले भारतका रिफाइनरीबाट ल्याईरहेका छन् ।
एचपी र सुगम ग्यास बिस्फोटमा चार जनाको ज्यान गएपछि सरकारी कारबाहीबाट बच्न उद्योगीले उपभोक्ता सुरक्षा र अधिकार कुन्ठित पार्ने गरी आयात रोकेका छन् । एचपी ग्यास विष्फोटमा तीन जनाको मृत्यु भएपछि सरकारले उक्त कम्पनीको पिडिओ रोक्ने निर्णय गरेपछि सो निर्णय फिर्ता लिन ग्यास उध्योगिले दवाव दवाव दिदै आएका थिए ।
निजि क्षेत्रको पुर्ण एकाधिकार रहेका कारण ग्यासँ उध्योगिले भने जस्तो नहुने वित्तिकै आयात र विक्री वितरण रोकेर सरकारलाई आफ्नो स्वार्थ अनुकुल निर्णय गराउन व्यवसायी पटक पटक सफल हुदै आएका छन् ।