धरान / सरकारले पठाएको नेपाल वायु सेवाको विशेष विमान मृतक नेपालीको शव लिएर नेपाल आउँदै छ । उनिहरुको शव वुझ्न र मृतकका आफन्तलाई भेट्न प्रधानमन्त्रि केपी शर्मा ओली विमानस्थल आफै जाने भएका छन् । यसरी विदेशमा मारीएका र विचल्नि भएकाको उद्दार गर्न सरकारले पहिलो चोटी विमान चार्टर गरी पठाएको हो । विदेशमा मारीएकाको शव वुझ्न पनि प्रधानमन्त्रि आफै जान लागेको यो नै पहिलो चोटी हो । सोमबार भएको आत्माघाती आक्रमणमा मारिएका १२ नेपालीको शव बोकेर नेपाल वायु सेवा निगमको विमान काबुल विमानस्थलबाट काठमाडौंका लागि उडेको र दिउँसो करिव ३ वजे नेपाल आईपुग्ने त्रिभुवन विमानस्थलले जानकारी दिएको छ। विशेष विमानले शव ल्याउने भएपछि मृतकका आफन्त त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा पुगिसकेका छन् । घटनापछि पाकिस्तानका लागि कार्यवाहक नेपाली राजदूत तीर्थराज अर्याललाई उद्दार र शव ल्याउने कामका लागि सहयोग गर्न अफगानिस्तान पठाएको थियो । शव सँगै जहाजमा अन्य २४ जना नेपाली समेत आउँदै गरेको नेवानि स्रोतले जानकारी दिएको छ ।करीव ३ हजार वैधानिक रुपमै र लगभग त्यतिकै संख्यामा नेपाली अन्य मुलुक हुँदै अफगानिस्थान पुगेको अनुमान गरीदै आएको छ । जोखिममा रहेकाहरु फर्किन चाहँदा सोही विमानवाट ल्याउने सरकारी तयारी भएपनि २४ जनामात्रै फर्किएको वताईएको छ ।