काठमाडौं / साढे दुई घन्टामै काठमाडौंबाट चीनको व्यापारिक नाका केरूङ पुग्न सकिने गरी सुरूङमार्ग निर्माण सहित सडक विस्तार हुने भएको छ । काठमाडौंबाट केरूङसम्मको सडक दूरी अब सय किलोमिटर भन्दा कम हुने गरी सरकारले सडक विस्तार गर्न लागेको हो । काठमाडौंको उत्तरी क्षेत्र सामाखुसी, टोखा हुँदै नुवाकोटको छहरे(त्रिशूली(वेत्रावती(मैलुङ(रसुवागढी हुँदै चिनीयाँ नाका केरूङसम्म पुग्ने छोटो बाटो कम समयमै सकिने देखिएको छ । सरकारले सामाखुसीदेखी छहरे खोलासम्म ३४.२ किमी सडक खण्डलाई डबल लेनसहित विकास गर्न लागेको हो । जसअन्तर्गत टोखादेखि छहरेसम्म ४.१७५ किमी सडक सुरूङ मार्ग निर्माण गरिने छ । हाल काठमाडौंबाट गल्छी, बेत्रावतीधुन्चे स्याप्रुबेसी केरूङसम्मको लम्बाई १ सय ६० किमी छ