' डन ' राईलाई पक्रदै छाड्दै
- असार १०, २०७३
- ब्लाष्ट खबर
धरान / प्रहरीले गोली हानी पक्राउ गरेका डन जसवन्त भनिने आश्विनि कुमार राई पटक पटक पक्राउ परेपनि न्युन धरौटीमा छुट्दै आएको खुलेको छ । उनलाई प्रमाण र पीडितको जाहेरीका आधारमा पटक पटक पक्राउ गरीएको भएपनि काठमाडौं जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय काठमाडौंले अति न्युन धरौटीमा छाड्दै आएको खुलेको छ।
बिहीबार बबरमहल नजिकबाट गोली हानी नियन्त्रणमा लिएका अभियुक्तलाई ज्यानमार्ने उद्योगको मुद्दामा अदालतले ४५ हजार र १५ हजार धरौटीमा रिहा गरेको खुलेको हो । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुई वर्षअघि दुई हजार र पाँच हजार धरौटीमा छोडेको थियो। विभिन्न घटनामा संलग्न रहेर पक्राउ परिसकेका राई ज्यान मार्ने उद्योगमा धरौटी बुझाएर रिहा भएपछि पुनः असुलीमा सक्रिय थिए।
राई गत साउन ८ मा ड्रिम गेष्ट हाउसका संचालक छेसाङ वाईवा समेतलाई खुकरी प्रहार गरेको ज्यानमार्ने उद्योग मुद्दामा फरार थिए।
प्रहरीले २०७२ फागुन ८ गते र ०७२ साउन १८ गते ज्यानमार्ने उद्योग तथा डाँका मुद्दामा काठमाडौं जिल्ला अदालतमा बुझाएकोमा दुवै घटनामा क्रमस ४५ र १५ हजार बुझाएर रिहा उनि रिहा भएका थिए।
राई नेतृत्वको समूहले २०७२ साउन १८ मा कालिमाटीस्थित मनकामना माई यातायात प्रालिका सञ्चालक पञ्कजबहादुर शाहीलाई खकुरी प्रहार गरी लुटपाट गरेको थियो। राईले काग्रेसको समर्थनमा आफ्ना गतिविधि गर्ने गरेको र संरक्षण काग्रेसका केन्दिय नेताहरुले गर्ने गरेको प्रहरी स्रोतको भनाई छ ।