पाँचथर/ पाँचथरको थर्पू गाविसबाट आदिवासी जनजाति शीर्षकमा छु्याइएको रकम ७ वर्षसम्म कुनै काममा पनि सदुपयोग नभएको खुलासा भएको छ । स्रोतका अनुसार हरेक वर्षको गाविस परिषदमा स्वघोषित अध्यक्ष बन्दै रकम विनियोजन गरेर गोजीमा हाल्ने काम हुँदैआएको हो । hinamina लक्षित वर्ग अन्तर्गत आदिवासी जनजाति शीर्षकमा विनियोजन हुने रकम चरम दुरुपयोग हुँदै आएपनि भर्खरै मात्र यसको खुलासा भएको हो । प्रत्येक वर्षको गाविस परिषद्मा फरक–फरक व्यक्तिले स्वघोषितरुपमा अध्यक्ष बन्दै रकम निकासा गर्ने भएकाले यसमा मिलोमतो हुनसक्ने थर्पू–१ का भीष्मराज योङहाङले बताए । योङहाङका अनुसार २०६३ सालदेखि विनियोजित रकम के–के काममा खर्च भयो भनेर कसैलाई जानकारी छैन । चालू आर्थिक वर्षको बजेटले भने सामान्य कार्यक्रम सञ्चालन गरिएको योङहाङले बताए । यसबारे थर्पू गाविसका सचिव कुमारी तामाङलाई प्रश्न गर्दा आपूmले गत वर्षबाट मात्र कार्यभार सम्हालेकोले त्यस अघि के के भयो भन्ने थाहा नभएको तर आप्mनो कार्यकालको बजेट भने सदुपयोग भएको बताइन् । केही अपवादलाई छाडेर गाविसबाट छुट्टिएको प्रायः सबै रकमको दुरुपयोग भएको स्थानीय युवाहरुको दाबी छ । रकम अनियमितताको खुलासा भएसँगै आदिवासी जनजाति महासङ्घ गाउँ समन्वय परिषद् थर्पूका पूर्व अध्यक्ष बमबहादुर माबोले आप्mनो कार्यकालमा छुटेको १ लाख ५५ हजार रुपैयाँ आपूmसँग रहेको र सो रकम भवन निर्माणमा प्रयोग गरिने बताए । थर्पूमा आदिवासी जनजातिको भवन निर्माणका लागि जग्गा समेत प्राप्त भइसकेकोले आपूmसँग रहेको रकम त्यसमा प्रयोग हुने माबोको भनाइ छ । अन्य वर्षको विनियोजित रकम ८७ हजार थर्पू–१ का विनय योङहाङ र थर्पू–४ का टङ्क काम्बाङसँग ८÷९ हजार जति रहेको समेत पूर्व अध्यक्ष माबोले खुलासा गरे । यसरी लक्षित वर्ग अन्तर्गत विनियोजित रकमको सही सदुपयोग हुनुपर्नेमा आपूmखुशी दुरुपयोग गर्ने काम भएकोले यसको भण्डाफोर हुनैपर्ने स्थानीय युवा भीष्मराजले बताए । यता नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष बिर्खबहादुर वाइबाले भने थर्पूमा आदिवासी जनजातिको रकमको दुरुपयोग भएकोबारे आपूmहरुलाई जानकारी भइसकेको र त्यस विषयमा सम्बन्धित व्यक्तिहरुलाई पत्राचारसमेत गरिसकिएको बताए । वाइबाले अटेर गरी उक्त रकम सार्वजनिक नगरे अख्तियारमा उजुरी गरिने बताए ।