धरान/जङगली च्याउ खाएर भोजपुरमा एकै परिवारका पाँच जना बिरामी परेका छन् । भोजपुरको पश्चिमी गाविस सिद्धेश्वर–४ डाँडागाउँमा जङ्गली च्याउ खाएर उनीहरु बिरामी परेका हुन् । chau बारीमा उम्रेको कालुङ्गे च्याउ खानासँग खाएका उनीहरु सिकिस्त बिरामी परेका थिए । उनीहरुलाई छिमेकिले भोजपुर जिल्ला अस्पताल सम्म ल्याएका थिए । बिरामी हुनेहरुमा ३६ वर्षीया साबित्रा खड्का र उनका छोरीहरु उर्मिला, पवित्रा तथा छोराहरु विशाल र हिमाल रहेका छन् । साबित्राको स्वास्थ्यमा केही सुधार नभएपछि जिल्ला अस्पताल भोजपुरले थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । छोराछोरीहरु भने उपचारपछि घर फर्किएका छन् । धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत साबित्राको स्वास्थ्यमा सुधार आईरहेको प्रतिष्ठान स्थित पुलीस पोष्टले जनाएको छ