धरान / मालिङ्गो रेष्टुरेण्ट एण्ड बारमा बुधबार राति दुई व्यक्तिमाथि आक्रमण भएको छ । प्रहरीका अनुसार धरान १७ का ३७ वर्षीय सञ्जयकुमार राई र धरान १५ का २६ वर्षीय प्रज्वल लिम्बूमाथि आक्रमण भएको हो । इलाका प्रहरी कार्यालयका डिएसपी ढकेन्द्रप्रसाद खतिवडाका अनुसार मालिङ्गोमा झगडा भयो भन्ने जानकारी आएपछि प्रहरी पुग्दा दुईजना रगताम्मे भएर ढलेको अवस्थामा फेला पारेपछि उनीहरुलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि पठाइएको थियो । उपचारपछि बिहीबार बिहान डिस्चार्ज भएका थिए । भने उनीहरुको परिवारले इप्रका धरानका सन्तोष बिकसहितको १०–१२ जनाको समूहले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी आएको डिएसपी खतिवडाले बताए । बिक नेपाली कांग्रेस निकट तरुण दलमासमेत छन् । आक्रमणकारीहरु फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको छ भने होटलका सञ्चालकलाईसमेत इप्रकामा बोलाउँदा होटल सञ्चालकसमेत नआएको डिएसपी खतिवडाले बताए । होटलमा खाने क्रममा डिस्कस भएपछि बिकको समूहले आक्रमण गरेको किटानी जाहेरीमा उल्लखे रहेको प्रहरीले बताएको छ ।