दार्चुला/विभिन्न अनलाइन स्रोतहरुका अनुसार गए रातिदेखि आएको अविरल वर्षाको कारण आएको पहिरोले तीन जनाको मृत्यु भएको छ । pahiro दार्चुला प्रहरीका अनुसार मालिकार्जुन गाविस वडा ८ का २५ वर्षिय वशन्ती धामी, सर्मोली गाविस वडा नं ४ का ७२ वर्षिय चन्द्रदेव पन्त र अपी नगरपालिका १७ की ६१ वर्षीय भागरथी महरा रहेका छन्। घर माथि बाट आएको बाढी र पहिरोमा पुरीएर उनीहरुको मृत्यु भएको हो । घटनास्थल तथा जिल्लाभरी प्रभावित क्षेत्र तर्फ प्रहरी परीचालन गरीएको प्रहरी प्रमुख डिएसपी सुशील सिंह राठौरले बताए । अपी नगरपालीका वडा १७ काकडामा पहिरो पश्चात स्थानीय खोलामा आएको बाढीले मुल सडकको पुल समेत बगाएको छ । स्थानीय प्रेम सिंह महरा र उनकी १८ वर्षीय नातिनी दुर्गा महरा घाइते भएक छन। उनीहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको डिएसपी राठौरले बताए । यसै गरी पहिरोकै कारण भारतसंग सिमानाका जोडीएको जौलजिवी प्रहरी चौकी भवनमा क्षति भई पहिरोको उच्च जोखीममा रहेकाले विस्थापित भएको प्रहरीले जनाएको छ ।