राजविराज /आफ्नै श्रीमानबाट सप्तरीको बेल्ही चपेना गाविस–७ की श्रीमतीमाथि सोमबार तेजाब छर्किएर घाइते भएका छन् ।

४० वर्षीय अमल रामले आफ्नै श्रीमती वेतनीदेवी रामको अनुहारमा तेजाब छर्केर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
तेजाब प्रहारबाट गम्भीर घाइते वेतनीको उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता तेजाब प्रहार गर्ने अमललाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् । यस विषयमा अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए ।