कोईरालाको 'व्रेन डेड '
- असार २२, २०७३
- ब्लाष्ट खबर
धरान / कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको दिमाग र आँखाको नानीले काम गर्न छोडेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । ओम अस्पतालमा उपचाररत कोइराला 'ब्रेन डेड’ को अवस्थामा पुगेको अस्पतालले जनाएको छ । उनको आँखाको नानी पनि ‘फिक्स एन्ड डाइलेटेड’ भएको अस्पताल स्रोतले जनाएको छ ।
शशांकको उपचारमा सलग्न चिकित्सक लव जोशीले अवस्था अत्यन्तै चिन्ताजनक रहेको र हरसम्भव प्रयत्न भईरहेको वताएका छन् । किड्नी, लिभर, कलेजो र मुटुमा पनि समस्या देखिएकाले अवस्था चिन्ताजनक भएको उपचारमा संलग्न चिकित्सकहरुले वताएका छन् । उनको उपचारमा १५ चिकित्सक सहितको टोली सक्रिय रहेको छ । उनलाई थप उपचारका लागि एयर एम्वुलेन्सवाट भारत लाने तयारी गरीएको भएपनि स्वास्थ्य अवस्थाका कारण लान सकिएको छैन ।