धरान / नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारबाट समर्थन फिर्ता लिएँसगै नेपाली कांग्रेस यतिखेर ब्यापक छलफलमा जुटेको छ ।
कांग्रेस केन्द्रीय समितिको बैठक अहिले पनि जारी छ । माओवादीसँग मिलेर सरकार बनाउन जुटेको नेपाली कांग्रेसलाई यतिखेर भ्याई नभ्याई छ । सरकार बनाउने चटारोमा यतिखेर केही दलहरु जुटेका छन् ।

पार्टीको सरकारमा भूमिका बारे बैठक बसिरहेको एक कांग्रेस नेताले जानकारी दिएका छन् । उनका अनुसार सरकारको नेतृत्वको विषयमा ठोस निर्णय गरेर अघि बढ्ने छौं । सरकार अल्पमतमा परेपछि स्वतः अपदस्थ हुने संसदीय परम्परा रहेको कांग्रेसले यतिखेर जिकिर गर्दै आइरहेको छ ।
यो अवस्थामा नेपाली कांग्रेस सबै भन्दा ठूलो दल भएको हिसावले पनि सरकारको नेतृत्व गर्नु स्वभाविक भएको कांग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।
यसअघि मंगलबार ओली नेतृत्वको सरकारबाट बहिर्गमन गरेको माओवादी केन्द्रले कांग्रेसले लिखित रुपमै माओवादी केन्द्रको नेतृत्वमा सरकारमा जान तयार रहको बताएको थियो ।