भद्रपुर/गोरु र रागाँ गाडी कै भरमा नेपाल भारतविच एउटा नाकावाट आयात निर्यात कारोवार हुन्छ भन्दा धेरैलाई पत्याउन मुस्किल पर्छ तर पनि झापाको भद्रपुर स्थित छोटी भन्सार नाका भने गोरु र रागा गाडी कै भरमा चलिरहेको छ । निर्यात लगभग शुन्य रहने सो नाकावाट आयात मात्रै हुने गरेको छ ।
सो नाकाको नजिकमा न त भारतिय वजार नै छ न त भारतीय उध्योगहरु नै छन् तर पनि यो नाकावाट हुने आयात भने नियमित छ । यो नाका हुँदै मुख्यत कपडा , मोटर पार्टस र सुर्तिजन्य वस्तु नेपाल भित्रने गरेको छ । आयातमा संलग्न व्यवसायीहरु भारतको पश्चिम वंगालको सिडीगुढी वजारवाटै सामान आयात गर्ने गरेको सुनाउँदछन् तर सिलिगुडी वजार नजिकको अत्यन्तै सुगम नाका काकडभिट्टा नाका छाडेर यो नाका प्रयोग गरीएको विषयमा भने उनिहरु केहि पनि वताउन चाहँदैनन् ।

मेचि नदिमा पुल समेत छैन तर पनि अत्यन्तै कठिन वाटो प्रयोग गरी ढुवानी भाडा समेत वढि पर्न जाने नाका प्रयोग गरी कारोवार भईरहेको विषयमा स्थानिय वासिन्दा समेत आश्चर्य छन् । सिमा नाका नजिकका एक स्थानिय भन्छन् ’ सुगम र नजिकको नाका छाडेर कारोवार गरीनु , पक्कै पनि वढि मुनाफाका लागि हुन सक्छ ।’ सधै वढि मुनाफाको खोजिमा हुने व्यापारीले वढि मुनाफा हुने भएकैले यो नाका प्रयोग गरेको हुन सक्ने उनको तर्क तर्क छ ।
उनले दुई चार जना ठुला कारोवारी सहित २५-३० कारोवारीले यो नाका हुँदै नियमित भारतीय सामान आयात गर्ने गरेको जानकारी दिएका छन् । कारोवारमा संलग्न केहिले व्यापारी वनेर उनिहरुको सम्पर्कमा गएका व्लाष्टकर्मीसँग पनि मुनाफा वढि हुने भएकैले यो नाका प्रयोग गर्ने गरेको वताएका छन् । जसको अडियो रेकर्ड व्लाष्टसँग सुरक्षित रहेको छ ।
उनिहरुले काकडभिट्टा नाका नजिक र ढुवानी भाडाका हिसावले सस्तो र सुगम रहेपनि ’सेटिङ ’ मिलाउन कठिन हुने भएकाले छोटी भन्सार नाका प्रयोग गरेर आफुहरुले काम गरीरहेको वताएका छन् । एक मझौला कारोवारी भन्छन् ’ प्रति वोरा ७र ८ हजार रुपैया सम्म वढि मुनाफा निकाल्न सक्छौ, त्यही भएर हामीले यो नाकावाट काम गरीरहेका छौ ।’ उता छोटी भन्सार कार्यालयका प्रमुख निर्माण कुमार भट्टराई पनि व्यापारीहरुले काकडभिट्टा नाका भन्दा टाढाको दुरीमा रहेको र कठिन वाटो प्रयोग गरेको स्विकार्दछन् । उनले पनि यो नाका हुँदै आयात हुने सामान सिलिगुडीवाटै आउने गरेको वताएका छन् ।

सिलिगुडीवाट नजिकको दुरीमा रहेको नाका छाडेर टाढा रहेको नाकावाट गाडा प्रयोग गरी आयात भईरहेको विषयमा भने स्थानिय वजारका लागि मात्रै सामान आउने गरेको वताएका छन् । उनले कपडा , जुत्ता चप्पल र मोटरपार्टस भित्रिने गरेको जानकारी दिए । मासिक लगभग १ करोड भन्दा वढि भन्सार महशुल छोटी भन्सारवाट संकलित हुने वताए । छोटी भन्सार प्रमुखले स्थानिय वजारका लागि मात्रै सामान आयात हुने गरेको वताएपनि कारोवारमा संलग्नहरुले भने पुर्वाञ्चलका लगभग सवै ठुला वजारहरु सहित राजधानी काठमाण्डौ र पोखरा सम्म सामान जाने गरेको वताएका छन् ।