बिर्तामोड / वैदेसिक रोजगारीमा पठाउने भन्दै स्थानीयबाट रकम ठगी गरेको उजुरीका आधारमा झापाको सुरुङ्गाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोटेश्वर मनोहरा स्थायी घर भई हाल सुरुङ्गा बस्तै आएका केशव भूषाल रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । विभिन्न देश पठाउने भन्दै स्थानीयबाट रकम उठाउने गरेको वैदेसिक रोजगार विभागमा उजुरी परेपछि भूषाललाई पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका भूषाललाई आज नै वैदेसिक रोजगार विभाग काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक जर्नादन घिमिरेले जानकारी दिए । बिर्तामोड(ब्लाष्ट) झापाको बुधबारेpakrau-chorमा मावल आएकी एक बालीकाको गएराती घाँटी रेटेर हत्या गरिएको छ । स्कुल बिदा भएपछि मावल आएकी शान्तिनगर १ बस्ने ११ बर्षिया तनुजा पौडेलको घाँटी रेटेर हत्या गरिएको हो । बुधबारे ५ का डिल्लीराम प्रसाइको घरमा पाहुना आएकी उनलाई सुतेकै कोठामा हत्या भएको अवस्थामा परिवारले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको मुचुल्का गरी पोष्टमार्टमका लागि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको जनाएको छ । स्थानीयले भने बालिकाको बलात्कारपछि हत्या गरेको हुनसक्ने अनुमान गरेका छन् । प्रहरीले भने अनुसंधानपछि मात्र घटनाको वास्तबिकता भन्न सकिने जनाएको छ । प्रहरीले हालसम्म कसैलाई पनि पक्राउ गरेको छैन । घटनाको अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।