भद्रपुर/जिल्ला प्रहरी कार्यालय झापामा मुद्धा दर्ताको संख्यामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय झापाको त्रिवर्षीय तथ्याङ्क अनुसार आ.व.०७०।७१ ,०७१।७२ र गत आ.व ०७२।७३मा मुद्धा दर्ताको संख्यामा केहि कमी आएको हो । nepal police पहिलो वर्षमा एक हजार ७६ दोस्रोमा १२ सय ७ भएपनि अन्तिम वर्षमा भने केहि कम भई ११ सय ९७ ओटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयको विभिन्न ५६ प्रकृतिका मुद्धा दर्तामा पहिलो वर्षमा एक हजार ५३ , दोस्रोमा ८ सय ३८ र तेस्रो वर्षमा ७ सय ८८ ओटा मुद्धा फछर्योट भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । प्रहरीको तथ्याङ्क अनुसार कर्तव्य ज्यान मुद्धामा पहिलो वर्ष २१ ,दोस्रो वर्षमा १७ थिए भने अन्तिम वर्षमा २३ ओटा दर्ता भई ४ ओटा मुद्धा फर्छोट हुन बाकी देखिएको छ । ज्यान मार्ने उद्योगमा पहिलोमा २४ दोस्रो २५ र तेस्रो वर्षमा घटेर १७ ओटा दर्ता भएका छन् । तिन वर्ष यता देखि किर्ते जाल साजी मुद्धा दर्ता भने शुन्य रहेको पाइएको छ । जिल्लामा जबरजस्ती करणीको मुद्धामा भने बृद्धि भएको छ । पहिलो, दोस्रो र तेस्रो वर्षमा क्रमश ४४, ४७ र ५३ देखिएकोमा चालु आ.ब मा १ ओटा फछर्योट हुन बाकी रहेको छ । जबरजस्ती करणी उद्योगमा क्रमश २२, ३८ र १९ओटा दर्ता , ०७१।७२ मा खुन डाका १,डाका शिर्षकमा पहिलोमा ४ दोस्रोमा ३ भएपनि गत आ.ब मा दर्ता शुन्य रहेको छ । चोरीमा ४६,४३ र ३०,लागु औषधमा क्रमश ६७,१२५ र ११५,मानव बेचविखन १६, १३ र तेस्रो वर्षमा बृद्धि भई २३ ओटा दर्ता भएकोमा १ ओटा मुद्धा फछर्योट हुन बाँकी देखिएको छ । भवितव्य ज्यानमा पहिलोमा १०१ दोस्रोमा १०४ हुदै तेस्रो वर्षमा १४२ पुगेको छ । सवारी भवितव्य ज्यानमा पहिलो वर्षमा १० तेस्रोमा ५ रहेको छ भने ०७१।७२ मा दर्ता शुन्य रहेको छ । जुवा ऐन अन्तरगत क्रमश १,३ र ४, चिठ्ठा अपराधमा १, सरकार िछाप दस्तखत किर्ते पहिलो वर्ष ५ दोस्रोमा ८ र तेस्रोमा ३ ओटा दर्ता भई फछर्योट भइसकेको छ । केहि सार्वजानिक अपराधमा ३३८,३९२ र ३७६ दर्ता भएकोमा सवै फछर्योट भएको छ । त्यसैगरी विष्फोटक पदार्थ १, १ र गएको आवमा ४ ,मानव बेचविखन तथा शरिर बन्धकमा गएको दई वर्ष शुन्य रहेकोमा गत आ.व ०७२।७३ मा १ ओटा मात्र दर्ता भएको पाइएको छ । आत्महत्याको शिर्षकमा पर्ने विष खाएर, झुण्डीएर, आगो लगाई, औजारवाट र हाम फालेर जस्ता मुद्धा दुई वर्षमा मात्र फैसला हुने मुद्धा शाखाका इनिस्पेक्टर गणेश चन्द्र कोइरालाले जनाए । मानसिक तनाव,जिवनवाट हार,मायाजाल, पारिवारिक झमेला लगायतको घट्नाले आत्महत्यामा बृद्धि भएको उनले बताए । आत्महत्या अन्तरगत झुण्डिएर शिर्षकमा पहिलोमा १८३ दोस्रोमा १८३ र गत आ.ब मा १९३ मुद्धा दर्ता भएकोले केहि बृद्धि भएको उनले बताए ।