धनगढी / कैलालीको अत्तरिया नगरपालिका–६ जमुनाभाडी गाउँमा गएराति तीन राउण्ड एसएलआरको गोली बरामद गरिएको छ । slr goli गोली भेटिएको भन्ने सूचना गाउँलेले दिएपछि त्यसतर्फ गएको इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उक्त गोली बरामद गरेको हो । स्थानीय ताराप्रसाद भट्टको निर्माणाधीन घर नजिकै फेला परेको उक्त गोली कसले र किन राखेको भन्ने सम्बन्धमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस