hatpatधरान / झापाको खुदुनावारी स्थित कञ्चनजगा वोर्डीङ स्कुलका संचालकवाट वलात्कृत भएकी युवतीको परीवारले न्याय माग्दै शनिवार प्रहरीमा जाहेरी दिएका छन् ।    घरेलु कामदारका रुपमा काम गर्दै आएकी १५ वर्षीया युवति वोर्डीङ संचालक विक्रम गोलेवाट पटक पटक यौन शोषणको शिकार वनेको व्लाष्टले शनिवारको अंकमा समाचार प्रकाशन गरेको थियो । विहिवार गर्भपतन गराउन आरोपीतकी काकी सरस्वती गोले सिटौला लगायतले युवतीलाई धरान ल्याएको सुचना पाएपछि शुक्रवार दिउँसो उनीहरुलाई समातेर आवस्यक कार्वाहीका लागि विर्तामोड पठाएको थियो । संचालक गोलेले जवरजस्ती पटक पटक शारीरीक सम्पर्क राखेको र गर्भ वसेको सार्वजनिक भएपछि युवतीको परीवारले पीडकमाथि कार्वाही र न्यायको याचना सहित  पिडीतको परिवार प्रहरीको शरणमा पुगेको छ । पिडीत परीवारले न्याय दिलाउने काममा सहयोग गर्न सवैसँग आग्रह समेत गरेका छन् । पीडित युवतिकी आमाले न्यायका लागि सहयोग माग्दै भनिन् ’ हामी गरीव र निमुखालाई न्याय चाहिएको छ , हामीलाई न्याय दिलाईदिनुस् हजुर ।’  उनले आफ्नो परीवारलाई कानुन र नियम केही थाहा नभएको वताउँदै भनिन् ’ महिलाको पक्षमा काम गर्छौ भन्नेहरु कहाँ छन् , हामीलाई थाहा छैन , आउनुहोस् हामीलाई न्याय दिलाईदिनुस् ।’    कक्षा ९ मा अध्यनरत युवति वलात्कृत वनेको सार्व्जिक भएपछि जिल्ला स्थित महिला तथा वालवालीका कार्यालयले चासो देखाएको छ । कार्यालयका वाल संरक्षण अधिकृत रेशनाथ दाहालले पीडित युवतिलाई मनोविमर्श सेवा दिईने र पीडकलाई कारवाही गराउन कार्यालयले प्रहरीलाई लिखितरुपमा सिफारीस गर्ने वताएका छन् । घटनालाई लिएर महिला हिंसा न्युनिकरण र न्यायकालागि वनेको महिला संजाल झापामा भने विवाद देखिएको छ ।  काँग्रेस समर्थक सदस्य भने निवेदन नआई सो विषयमा सहयोग गर्न नसकिने पक्षमा देखिएका छन् । पीडित युवतीलाई गर्भपतन गराउनका लागि धरान आएको वेला पक्राउ परेकी आरोपीतकी काकी एवं स्थानिय सरकारी विध्यालयकी प्रधानाध्यापक समेत रहेकी सरस्वति सिटौला काँग्रेस निकट  भएकाले संजालका काँग्रेस निकट सदस्यहरु सहयोगमा अघि वढ्न नसकेको वताईएको छ ।

  काँग्रेस नेतृ लिला मैनालीले पीडितले निवेदन नदिकन सहयोग र छलफल गर्न नसकिने वताउँदै भनिन् ’ पीडितका मान्छेलाई निवेदन दिन लगाउनुस् विना निवेदन छलफल र सहयोग गर्न सकिदैन ।’  पीडितको परीवारमा जुठो परेकाले आउन नसक्ने वताउँदा उनले भनिन् ’ जे जस्तो अनस्था भएपनि निवेदन दर्ता गर्न पठाईदिनुस् अनि वुझेर हामी सहयोग गर्ने छौ ।’ उता संजालकी झापा उपाध्यक्ष गोमा भट्टराईले भने आफुले भरखरै घटनाका विषयमा जानकारी पाएको वताईन् । उनले निवेदन नै ठुलो कुरा नभएको वताउँदै भनिन् ’ यो घटना वाहिर आईसकेकाले यो विषयमा टिममा छलफल गरेर पीडित युवतिलाई न्याय दिलाउन संजालले सक्दो सहयोग गर्ने छ ।’       संजालका सदस्यहरु लक्ष्मी न्यौपाने र जसमायाँ गजमेर लगायतले पनि घटनाका विषयमा वुझेर पीडितलाई न्याय दिलाउन सक्दो कोसीस गर्ने वचन दिएका छन् । ईप्रका विर्तामोडका प्रमुख खड्क वहादुर खत्रीले पीडितको परीवारले जाहेरी दिएको र युवतीको स्वास्थ्य परीक्षण पछि कानुनी कारवाही सुरु गरीने वताएका छन् । उनले आरोपीत विक्रम गोलेको खोजी भईरहेको र फेला पार्न नसकिएको जनाए । तर स्थानियले भने गोले परीवारले विवाहको प्रश्ताव राखेर गोलेलाई जोगाउने कोसीस भईरहेको दावी गरेका छन् । उनिहरुले गोले परीवारले राजनितिक शक्ति केन्द्र र पैसाको प्रभावमा पारेर उन्मुक्तिको प्रयास गरीरहेको दावी गरेका छन् । गोले विर्तामोड आसपासमै रहेको र उनले नेताहरुलाई भेटेर आफुलाई वचाउन सहयोग मागीरहेको काग्रेस निकट स्रोतहरुले वताएका छन् ।

  डिएसपी खत्रीले गोलेलाई पक्राउ गर्न प्रहरी परीचालन गरेको तर फेला पार्न नसकेको भनेर गरेको दावीमा सत्यता नरहेको जनाउँदै गाँउलेले प्रहरीले समेत मिलापत्र गराउन भुमिका खेलिरहेको आरोप लगाएका छन् ।