सुनसरी / सप्तकोशी पुल आतंकवादी संगठनहरुले भत्काइदिने थ्रेट गरेपछि अहिले सप्तकोशी पुलमा सुरक्षा सर्तकता बढाइएको छ । koshi barrege अहिले व्यापक रुपमा प्रहरी परिचालन गर्दै सवारी साधनमा चेकजाँच व्यापक बनाइएको छ । भारतको वीरपुरबाट आएको चिठीका कारणले यस्तो समस्या आएको हो ।   सुरक्षा चाँज बढाएसँगै अहिले सर्बसाधारणसमेत त्रसित बन्दै गएका छन् । आइएसमार्फत् पत्र पठाइएको भन्ने अनौपचारिक जानकारी आए पनि उक्त पत्र भने प्रशासनले फेला पार्न सकेको छैन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाँईले आइएसको धम्की आएको बारे आफूलाई कुनै जानकारी नभए पनि थ्रेट छ भन्ने कुरा आएपछि सुरक्षा सर्तकता बढाइएको बताए ।   भारतको बिहारको सुपौलका डिस्ट्रिक्ट मेजिष्ट्रेड बैजनाथ यादवमार्फत् डाइरेक्ट सुनसरी र सप्तरी जिल्ला प्रशासनलाई पत्र आएको छैन् । बरु वीरपुर सिँचाइ विभागले नेपालको जिल्ला प्रशासनलाई चिठी लेखेको पाइएको छ ।   वीरपुर सिँचाइ विभागबाट नेपालका दुई जिल्ला प्रशासनलाई पठाएको पत्रमा तीनवटा आतंकवादी संगठनहरुको नाम उल्लेख भएको सिडिओ चापागाई बताउँछन् । उनका अनुसार सिँचाइ विभागको पत्रमा लस्कर ए तोएबा, जे एस ए महम्मद र मुजाहिद्दीनको नाम उल्लेख गरिएको छ ।   तर, आइएसको बारेमा खुलाइएको छैन् । ती प्रतिष्ठानमा कोसी ब्यारेज पनि पर्छ भन्दै वीरपुर सिँचाइ विभागले सुरक्षा सजगता अपनाइदिन पत्रमा आग्रह गरेको छ ।