विजयपुर/सुनसरीको महेन्द्रनगर स्थित चक्रघट्टिमा रहेको स्वास्थ्य चौकीका दुई कर्मचारीले नौ महिनादेखि तलब नपाएको समाचार सार्बजनिक भएपछि कर्मचारीहरुले तलब पाएका छन् ।

paisa

स्वास्थ्य चौकीको प्रसुती गृह(वर्थिङ सेन्टर)मा काम गर्ने अहेब दिपक लुईटेल र अनमी इन्दिरा गौतमको बिगत नौ महिना देखिको तलब गायब भएको थियो । महेन्द्रनगर गाबिसले प्रसृती गृहका लागि करारमा नियुक्ति गरेका उनीहरुको तलब गाबिसले निकाशा गरेपनि स्वास्थ्य चौकी प्रमुख रामशरण मण्डलले नदिएको समाचार ब्लाष्टमा प्रशाशित भएको थियो ।

समाचार प्रकाशित भएको एक साता पछि स्वास्थ्य चौकी प्रमुख रामशरण मण्डलले संबाददातालाई सम्पर्क गरि ‘आफुले कर्मचारीको बाकी तलब दिएको’ जानकारी गराएका थिए । अहेब दिपक लुईटेलले आफुहरुले पाउनु पर्ने तलब पाएको बताए । तलब नपाएका कारण काम नै छाडेर बसेकी अनमी इन्दिरा गौतमले पनि आफुले पाउनु पर्ने तलब प्रमुखले दिएको बताईन ।उनीहरुको तलब गाबिसले निकाशा दिएपनि स्वास्थ्य चौकी प्रमुखले आफुखुसि खर्च गरेको समाचार सार्बजनिक भएको थियो ।