धरान/धनकुटा बसन्तपुर सडक खण्डमा यात्रुबहाक बस दुृर्घटना हुदा पुर्व अर्थराज्य मन्त्रि हरिराज खेवा सहित दस जनाको मृत्यु भएको छ ।धनकुटाको परेवादिन गाविस–५ सिधुवामा बिहीबार दिउँसो दुर्घटना भएको हो ।
[caption id="attachment_8089" align="aligncenter" width="574"]

पुर्व अर्थराज्यमन्त्रि हरिराज खेवा[/caption]
दुर्घटनामा परि मृत्यु हुनेमा परेवादिन धनकुटाकी तारा बस्नेत,उनकी छोरी रेखा बस्नेत,परेवादिन ७ की अतिमाया तामाङ र धरान २ का तेजप्रकाश अग्रवालको सनाखत भएको छ । दुईजनाको सनाखत हुन बाकी रहेको हाम्रा धनकुटा संबाददाता सन्तबिर लामाले जनाएका छने ।
संखुवासभाको मुडेशनिश्चरेबाट धरान आउदै गरेको बा २ ख ७३६६ नम्बरको बस सिधुवा बजार नजिकै बिहिबार दिउँसो सवा १२ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकोछ ।मृतकहरुको सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ३ पुरुष, ३ महिला र एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परि ४० जना घाईते भएको जनाईएको छ ।उनीहरुको स्थानिय मेडिकल,जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको छ । गम्भिर घाईतेहरुलाई थप उपचारका लागि धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याईएको छ ।बस सडकबाट करिब दुई सय फिट तल खसेको छ ।