धरान/धनकुटा बसन्तपुर सडक खण्डमा यात्रुबहाक बस दुृर्घटना हुदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।मृत्यु हुनेमा पुर्व अर्थराज्य मन्त्रि हरिराज खेवा सहित ११ जना छन् । धनकुटाको परेवादिन गाविस–५ सिधुवामा बिहीबार दिउँसो दुर्घटना भएको हो ।संखुवासभाको मुडेशनिश्चरेबाट धरान आउदै गरेको बा २ ख ७३६६ नम्बरको बस सिधुवा बजार नजिकै बिहिबार दिउँसो सवा १२ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकोछ । ।दुर्घटनामा परि ४० जना घाईते भएको जनाईएको छ ।उनीहरुको स्थानिय मेडिकल,जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको छ । गम्भिर घाईतेहरुलाई थप उपचारका लागि धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याईएको छ ।बस सडकबाट करिब दुई सय फिट तल खसेको छ ।उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ३५ जनालाई ल्याईएकोमा ४ जनाको मृत्यु भएको प्रतिष्ठान स्थित प्रहरी पोष्टले जनाएको छ । मृतकहरु १.हरिराज खेवा –पुर्व अर्थराज्य मन्त्रि २.हेमा पौडेल– फुलेक ३.सनम तामाङ–बस चालक ४.तारा बस्नेत –परेवादिन धनकुटा ५.रेखा बस्नेत– परेवादिन धनकुटा ६.अतिमाया तामाङ–परेवादिन धनकुटा ७.तेजप्रकाश अग्रवाल –धरान अन्यको सनाखत हुन बाकी घार्ईतेहरु १.बिष्णु मगर –मारककटहरे धनकुटा २.मनोज पादोर– धरान २ ३.छिरिङ शेर्पा– बसन्तपुर ४.निरमाया गुरुङ– धरान १३ ५.बिनोद घिमिरे –परेवादिन धनकुटा ६.रमेश श्रेष्ठ– धरान १६ ७.टंक भण्डारी –छथर तेह्थुम ८.कला थापा –डाडागाउ धनकुटा ९.अनिता पौडेल –तेह्थुम १०.सुजन रानामागर –ठेगना नखुलेको ११.भेषराज अधिकारी –मारेकटहरे धनकुटा १२.मनिषा अधिकारी –मारेककटहरे धनकुटा १३.निमा छिरिङ– ताप्लेजुङ १४.भक्तबाहादर थापा –तामाखाम संखुवासभा १५.अनिता गुरुङ –फुलेक ९ तेहथुम १६.राजन तामाङ –माम्लीङ संखुवासभा १७.खगेन्द्र पौडेल –फुलेक १८.भेला थापा– धरान ७ १९.पुण्यलाल कटुवाल– संखुवाभा २०.ललिता– लिम्बु धरान २२ २१.रिसर्च पौडेल –मुडेसनिश्चरे २२.मनिषा बिक –धनकुटा २३.आयुष थापा –डाडागाउ धनकुटा २४.हर्कमाया तामाङ तामाखोप संखुवासभा अन्यको सनाखत हुन बाकी