पाँच किलो यार्सासहित तीन नियन्त्रणमा
- साउन १३, २०७३
- ब्लाष्ट खबर
डोल्पा / त्रिपुराकोट गाविस–२ स्थित त्रिपुरा प्रहरी चौकीले पाँच किलो यार्सासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यार्सासहित जुम्ला देपालगाउँ गाविस–८ का केसीबहादुर भण्डारी, प्रकाश शाही र जुम्ला बुढीचौर गाविसका लालबहादुर बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी सहायक निरीक्षक चक्रबहादुर रानाले जानकारी दिए ।
उनीहरुसँग यार्सा सङ्कलन पुर्जी र जडिबुटी सङ्कलन गर्ने अनुमतिपत्र नभएकाले पक्राउ गरिएको जनाइएको छ । नेपालगन्ज लाँदै गरिएको बरामद यार्साको हालको बजार मूल्य करिब रु ६५ लाखको रहेको बताइएको छ ।