प्राकृतिक विपद्को सामना गर्न सबै एकजुट हुनुपर्ने
- साउन १४, २०७३
- ब्लाष्ट खबर
काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टीले बाढीपहिरोमा परी बेपत्ता नागरिकको खोजीलाई तीव्रता दिन सरकारसँग माग गरेको छ ।
बाढी पहिरोबाट विस्थापित तथा घरवारविहिन परिवारहरुको गास, वास तथा आवासको उचित व्यवस्थापन गरिनुपर्छ–सो पार्टीद्वारा विहिवार जारी विज्ञप्तीमा भनिएकोछ –“साथै राहत तथा पुनस्र्थापना कार्यलाई थप प्रभावकारी बनाउन सरकार तथा अन्य सम्बद्ध सामाजिक संगठनहरुलाई तदारुकता देखाउन जोडदार माग गर्दछौं ।”
प्राकृतिक विपद्को सामना गर्न सवै एकजुट भएर लाग्नु पर्ने आवश्यकता वोध गर्दै सरकारलाई गम्भीररुपमा ध्यान दिन माग गरिएको छ ।