बाढीबाट मृत्यु
- साउन १५, २०७३
- ब्लाष्ट खबर
हुम्ला / दक्षिणी भेगमा पर्ने मदन गाविस– ९ का ३९ वर्षीय असौजे नेपालीको दाउरा ल्याउने क्रममा लोपाटा खोलामा आएको बाढीमा परी आज मृत्यु भएको छ ।
सो बाढीबाट एक गाई समेत मरेको सोही गाविसका कुम्ब बुढाले फोनबाट जानकारी गराए । यसैबीच कालिका गाविसमा अज्ञात रोगबाट १६ गाईवस्तु मरेका छन् ।