भद्रपुर / बालिका हत्याको अभियोग लागेर फरार रहेका अभियुक्तलाई घट्ना भएको दुइसातापछि प्रहरीले पक्राउ गरेको छ । झापा शान्तिनगर १ की ११ वर्षिया बालिका तनुजा कोइरालाको हत्यामा संलग्न झापा मेचीनगर ३ घर भई ज्याला मजदुरी काम गर्दै हिडने ३० वर्षिय राजकुमार राजवंशीलाई भारतको उत्तर प्रदेशस्थित नन्दीपुरवाट झापा प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त राजवंशीलाई वुधवार जिल्ला प्रहरी कार्यालय झापाले सार्वजानिक गरेको छ । घट्ना लगत्तै प्रहरीको शंकामा रहेका राजवंशीलाई क्षेत्रिय प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय झापा, धुलाबारी प्रहरी र इलाका प्रहरी कार्यालय काकडभिट्टाको टोलीले अपराधमा सलंग्नको खोजी गरेकाे थियाे । प्रहरीको सहयोगमा कञ्चनपुर जिल्ला भिमदत नगरपालिका ११ महेन्द्रनगर गडडाचौकीबाट मंगलबार पक्राउ गरेको एसपी थापा क्षेत्रीले बताए ।
झापाको बुधवारे–५ मा मावली घर आएकी एघार वर्षीया वालिका तनुजाको साउन ४ गते मध्यरातमा राजवंशीले बलात्कारपछि घाटी रेटेर हत्या गरेको अहिले सम्मको अनुसन्धानबाट खुलेको एसपी क्षेत्रीले बताए ।
स्कूल छुट्टी भएको समयमा मामा राम प्रसाइकोे घरमा आएकी तनुजाको हत्या भएको थियो । बालिकाको घाँटीमा धारिलो हतियारले रेटिएको अवस्थामा ओछ्यानमै साउन ५ गते विहान लाश फेला परेको थियो । (याे पनि पढ्नुहाेस्)