काठमाडौँ/ सर्वोच्च अदालतले गढीमाई मेलाका नाममा पशुबलि जस्तो क्रुर व्यवहार रोक्नका लागि सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । IMAGE DISTRIBUTED FOR HUMANE SOCIETY INTERNATIONAL - Every five years, the world’s largest animal sacrifice takes place at the Gadhimai Temple in Nepal. The month-long festival has raised controversy due to the large number of animals killed – up to 500,000 over two days. This year, Humane Society International (HSI) successfully petitioned India’s Supreme Court to stop animals at the border. In coordination with Animal Welfare Network Nepal, HSI sent a delegation to patrol the site and confiscate any animals brought in illegally. The team also met with Nepal’s president and prime minister to discuss the situation. To date, more than 2,500 animals have been saved. In this photo, a buffalo is brought to be the first sacrifice during the Gadhimai Festival in Bara, Nepal on Friday, November 28, 2014.  (Kuni Takahashi/AP Images for Humane Society International) न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सरकारले एउटा समिति बनाएर गढीमाई मेलामा हुने क्रुर व्यवहार रोक्नका लागि उचित काम गर्न निर्देशनात्मक आदेश दिएका अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।  आदेशमा भनिएको छ, “जनतालाई त्यो ठीक होइन भन्ने जनचेतना जगाउनुप¥यो, जनता आफैँले आचारसंहिता तयार गरी लागू गर्ने वातावरण सरकारले बनाउनुप¥यो ।” वातावरणीय दृष्टिकोणले समेत बलि दिनु उचित नभएको हुँदा सरकारले त्यसलाई रोक्नका लागि समिति गठन गर्न निर्देशन दिइसकेको छ । पशुबलि क्रुरताको रुप भएकाले त्यसलाई रोक्न आदेशको माग गर्दै अधिवक्ता अर्जुनकुमार अर्यालले २०७१ मङ्सिर ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गढीमाई मन्दिर व्यवस्थापन समितिलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए ।