बनेपा/ बोधिचित्तमालाको मुख्य क्षेत्र मानिएको काभ्रेपलाञ्चोकको तिमाल क्षेत्रमा चोरीडकैती बढ्न थालेको छ ।

bodichiita चोरी तथा डकैती बढ्न थालेपछि प्रहरीले निगरानी बढाउँदै अहिलेसम्म चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको तथा आधा दर्जन फरार रहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । पक्राउ परेकामध्ये सिन्धुपाल्चोक, वाङलाङ गाविसका गोपाल श्रेष्ठ र कृष्णबहादुर श्रेष्ठलाई डाका मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएको छ । प्रहरीका अनुसार यस वर्ष फरार भएकामा सिसाखानीका तिलक लामा, सागर लामा, श्यामकृष्ण मैनाली, कृष्ण मैनाली, प्रेम लामा र ललनदोर्जे लामा छन् । “बोधिचित्त मालाको पकेट क्षेत्रमा नै गुन्डागर्दी गर्नेहरु बस्दैनन् त्यसैले नयाँ मान्छे भए निगरानी गरिरहेका छौँ”, प्रनाउ राईले भने । जिप्रका, धुलिखेलका अनुसार गत आवमा मात्रै डाँका, चोरी मुद्दा खेपेका नौ जना तथा पुर्पक्षका लागि कारागार चलान भएकामा पाँच जना थिए । तीमध्ये तीन जना अझै फरार रहेका छन् ।